Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

पोखरा बृद्धाश्रमको रजतजयन्ती उद्घाटन

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
पोखरा बृद्धाश्रमको रजतजयन्ती उद्घाटन

पोखरा, १ चैत

पोखरा महानगरपालिका वडा नं १७ सितापाइलास्थित पोखरा बृद्धाश्रम आफ्नो स्थापनाको रजत जयन्ती एक समारोहकाबीच उद्घाटन गरेको छ । रजत जयन्तीको गण्डकी प्रदेशका शिक्षा, संस्कृति तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले उद्घाटन गर्नुभयो । कार्यक्रममा मन्त्री श्रेष्ठले टोल टोलमा ज्येष्ठ नागरिक सेवा केन्द्र आवश्यक रहेको बताउनुभएको छ ।

पोखरा बृद्धाश्रमको रजतजयन्ती समारोहको आज उद्घाटन गर्दै उहाँले ज्येष्ठ नागरिक समाजको महत्वपूर्ण सम्पत्ति रहेको बताउँदै प्रत्येक घरबाट अधिकतम २० मिनेटको दूरीमा ज्येष्ठ नागरिक सेवा केन्द्र हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

ज्येष्ठ नागरिकलाई लक्षित गरी सिपमुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिदै मन्त्री श्रेष्ठले समाजलाई गोलबद्ध बनाउन ज्येष्ठ नागरिकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले विभिन्न चरण पार गर्दै बृद्धाश्रम रजत जयन्तीसम्म आइपुगेको बताउँदै यसको दीगो सञ्चालनका लागि राज्यको सहयोग आवश्यक रहेको बताउनुभयो ।

ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल गरी बृद्धाश्रममा जेरियाटिक वार्ड सञ्चालनमा ल्याइएको उल्लेख गर्दै उहाँले यसलाई व्यवस्थित रुपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष छत्रबहादुर प्रधानले सुरक्षित एवम् सम्मानित ज्येष्ठ नागरिक आजको आवश्यकता भएको बताउनुभयो ।

प्रत्येक ज्येष्ठ नागरिकलाई आ आफ्नै घरमा सम्मानपूर्वक रहने व्यवस्था मिलाउनुपर्नेमा जोड दिदै उहाँले असहायका लागि मात्रै ज्येष्ठ नागरिक आश्रममा बस्ने वातावरण निर्माण हुनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले ज्येष्ठ नागरिक आश्रमहरूलाई जीवित भगवान भेट्ने तीर्थस्थलका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उक्त अवसरमा बृद्धाश्रममा विभिन्न रुपमा सहयोग गर्ने व्यक्तित्वलाई मन्त्री श्रेष्ठ र बृद्धाश्रमका अध्यक्ष पराजुलीले सम्मानपत्र र दोसल्लाबाट गर्नुभयो ।

कार्यक्रममा निवृत्त शिक्षक समूदाय कास्कीका अध्यक्ष तोयनाथ लामिछाने, आनन्दी गृहका अध्यक्ष यज्ञमान शाक्य, पोखरा बृद्धाश्रमका सचिव केशवराज लम्साल, उपाध्यक्ष मनमाया खत्री लगायतले समाजको उन्नयनमा ज्येष्ठ नागरिकको महत्व लगायतका विषयमा बोल्नुभएको थियो । पोखरा बृद्धाश्रममा हाल २६ महिला, २२ पुरुष र सातजना स्याहारकर्ता बस्दै आएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

२ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

२ दिन अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

२ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

२ दिन अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

२ दिन अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

२ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In