पोखरा, ३० फागुन ।
नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ (ख) को बैठकले कोषाध्यक्ष तथा सदस्य मनोनयन गरेको छ ।
क्षेत्रीय सभापति दीपेन्द्र मर्सानीको अध्यक्षतामा सोमबार बसेको बैठकले काँग्रेस कास्की क्षेत्र नम्बर २ (ख) कोषाध्यक्षमा कल्पना बराल सापकोटा र सदस्यमा गोमा सुवेदी, सरोज कुँवर, बालगोपाल श्रेष्ठलाई चयन गरेको हो ।
साथै सो बैठकले कार्य सम्पादन समिति गठन गरेको क्षेत्रीय सचिव सुवर्ण केसीले जानकारी दिए । समितिको संगठन विभाग प्रमुखमा प्रदेश (ख) का उपसभापतिमा सरिता पराजुली, नेपाल महिला संघमा मञ्जुश्री थापा, तरुण दल नेपालमा लेखबहादुर केसी, नेविसंघतर्फ सिरशकुमार बास्तोला, भूतपूर्व सैनिक संघतर्फ सुवर्ण केसी, मुस्लिम संघतर्फ अब्दुल मजित मियाँ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघतर्फ लालुमाया शर्मा, नेपाल प्रजातन्त्र सेनानी संघमा होमबहादुर बानियाँलाई चयन गरियो ।


पार्टीको जागरण अभियानलाई सफल बनाउन इकाइ सभापतिको समन्वयमा टोलटोलमा घुम्ती बैठक गर्ने जनाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-