Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

मध्यपहाडीको फेरोमा सम्भावना खोज्दै पोउवा संघ

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
वडा–८ स्तरिय वडाध्यक्ष कप व्याडमिण्टन प्रतियोगिता शुरु

पोखरा, ३० फागुन ।

पोखरा उद्योग वाणिज्य संघले व्यवसायमा नयाँ सम्भावना तथा साझेदारीको खोजी अभियान अगाडि बढाएको छ । संघले विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको अध्ययन–अवलोकन भ्रमणसँगै सो सम्भावनाको खोजी गरेको हो । सो उपक्रममा संघका अध्यक्ष नारायण कोइराला नेतृत्वको प्रतिनिधिमण्डलले पोखराहुँदै स्याङ्जा,लुम्बिनी प्रदेशका पाल्पा,गुल्मी,अर्घाखाँची,दाङ,प्यूठान,रोल्पा, रुकुम (पूर्व) बागलुङबाट पर्वत हुँदै पोखरासम्मको फेरो लगाएको छ । संघका अध्यक्ष नारायण कोइरालाका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, त्रिवेणी–कोरला राजमार्ग तथा मध्यपहाडी लोकमार्ग निर्माणपछिको व्यावसायिक सम्भावना र साझेदारीको खोजी सुरु गरेको हो ।

‘पोखराको पर्यटन प्रवद्र्धन गर्नु, उद्योग वाणिज्य संघहरुबीच भाइचारा अभिवृद्धि गर्नु तथा व्यवसायमा नयाँ सम्भावनाको खोजी गर्नु अध्ययन अवलोकन भ्रमणको उदेश्य हो’, फागुन २२ देखि २७ गतेसम्मको भ्रमणको समीक्षा गर्दै भने,‘ पोखरा पर्यटकीयमात्रै नभएर व्यावसायिक केन्द्र बनाउने यो निजी क्षेत्रको अभियान हो ।’

भ्रमणको क्रममा पाल्पा,गुल्मी,दाङ,रोल्पा तथा रुकुम (पूर्व) का उद्योग वाणिज्य संघहरुसँग सहकार्य र सम्भावनाबारे अन्तरक्रियासमेत गरिएको उनले बताए । सबैजसो अन्तरक्रियाको उपक्रममा व्यवसायीका साझा एजेण्डा, व्यावसायिक साझेदारी तथा नयाँ सम्भावनाहरुको खोजीबारे गहन चर्चा गरिएको उनले जानकारी दिए । सो उपक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले पोखरा–पाल्पा र लुम्बिनीबीच पर्यटन प्रवद्र्धनमा सहकार्य गरिनुपर्नेमा जोड दिए ।

गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेल, प्यूठानका पूर्वअध्यक्ष राजकुमार कक्षपति तथा दाङका अध्यक्ष टंकसिंह बुढाथोकीले मध्यम तथा साना व्यवसायीहरुले भोगेका समस्याहरुबारे निजी क्षेत्रको एउटै आवाज हुनुपर्नेमा जोड दिए । यसैगरी रोल्पा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य किशोरकुमार आचार्यले महासंघले साना व्यवसायीहरुको हितमा काम गर्न नसकेको स्वीकारे । अध्यक्ष विश्वकुमार चन्दले रोल्पामा पछिल्लो समय व्यवसाय फस्टाउँदै गएको जानकारी दिए ।

उनले मध्यपहाडी लोकमार्ग निर्माणसँगै रोल्पाको पोखरासँगको व्यापार बिस्तार हुने र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । रुकुम (पूर्व) उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रसाद मल्लले मध्यपहाडी लोकमार्ग निर्माणले पोखरासँगको व्यावसायिक सम्बन्ध बढेको र सडक कालोपत्रे हुनासाथ रुकुम पोखराबाट टाढा नहुने धारणा राखे । १८ सय ७९ किलोमिटर लामो मध्यपहाडीले गण्डकी क्षेत्रका गोरखामा ५३,लमजुङमा ४५,कास्कीमा ८२, बागलुङमा १४० गरी कुल ३४५ किलोमिटर दूरी समेट्छ । बागलुङ खण्डमा करिब १० किलोमिटर बाटो छोटिँदा यो दूरी घट्न सक्छ । बागलुङको निसीखोला हुँदै यो राजमार्ग रुकुम पूर्वतिर हानिन्छ । रुकुम पूर्वमा मध्यपहाडीको दूरी १२४ किलोमिटर रहेको छ । मध्यपहाडीका कारण रुकुमबाट काठमाडौं र पोखराको दूरी छोटिएको छ । पहिला रुकुम पूर्वका नागरिकहरु तराइहूँदै ३० घण्टा लगाएर काठमाडौं जान्थे अहिले त्यो १४ घण्टामा झरेको छ । रुकुमबाट पोखरा आउन करिब ८ घण्टा लाग्छ । २१० किलोमिटर लामो शहीद मार्ग मध्यपहाडीसँग जोडिँदा रोल्पा,दाङ र प्यूठान पनि पोखराबाट नजिक पर्छ । शहीद मार्ग दाङको घोराहीबाट सुरु भएर रोल्पा हुँदै डोल्पा पुग्छ ।

‘पाँचथरबाट सुरु भएर बैतडी पुग्ने मध्यपहाडी र ४३५ मिटर लामो त्रिवेणी– कोरला सडक नाका बनेसँगै पोखरा झन ठूलो व्यापारिक केन्द्र बन्ने निश्चित छ’,पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतिले भने,‘त्यसैले हामीले अहिलेदेखि नै सम्भावनाको खोजी गरेका हौँ ।’ उनका अनुसार भ्रमणको क्रममा विभिन्न जिल्लामा उत्पादन हुने बस्तुहरुको बजारीकरण र ब्राण्डिङमा सहकार्यको सहमति पनि बनेको छ । पोखरालाई पर्यटनको राजधानी बनाउँदै यी दुबै बाटा र हवाइ मार्गसमेत प्रयोग गर्नेबारे पनि सहमति बनेको उनले बताए ।

संघका महासचिव सुरेन्द्रमान विजुक्छेले कोरला नाका निर्माण अगावै यो क्षेत्रबाट निर्यातका सम्भावना भएका बस्तुहरुको पहिचाना गर्नु पनि भ्रमणको उदेश्य भएको बताए । उनले रोल्पा र रुकुम क्षेत्रमा उत्पादन हुने भाँगोदेखि लोक्ता,सिमीदेखि आलुसम्मको बजारीकरणको सम्भावनाबारे छलफल भएको जानकारी दिए ।

‘राजमार्ग निर्माणले स्थानीय उत्पादनको बजारीकरणलाई सरल बनाएको छ’,उनले भने,‘अब स्थानीयका उत्पादनहरु ठूला बजारसम्म आउन समस्या पर्दैन भन्ने जानकारी पनि यो भ्रमणले गराएको छ ।’ संघका कोषाध्यक्ष बलराम आचार्यका अनुसार संघको प्रतिनिधिमण्डलले ढोरपाटन क्षेत्रको समेत भ्रमण गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

२ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

२ दिन अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

२ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

२ दिन अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

२ दिन अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

२ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In