पोखरा, ३० फागुन ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले काँग्रेसको जागरण अभियानलाई गाउँ गाउँसम्म पु¥याउन पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाली प्रेस युनियन कास्कीले सोमबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै सिवाकोटीले प्रविधिको प्रयोगसँगै संचार क्षेत्रलाई पार्टीले सँगसँगै लैजानुपर्ने बताए ।
युनियनका निवर्तमान महासचिव समेत रहेका सिवाकोटीले युनियनको महाधिवेशन घोषणा भइसकेकोले पार्टीको नियम, कानुन र परिधिमा रहेर काम गर्नुपर्ने । उनले पार्टीले एमसिसीसँगै बिआरआई पनि काँग्रेसले स्वीकार्ने बताए । कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले पत्रकारिताको मर्मका आधारमा कलम चलाउनुपर्ने बताए । उनले काँग्रेसलाई समर्थन गर्छु भन्दैमा काँग्रेसकै पक्षमा लेख्नुपर्छ भन्ने छैन, पत्रकारिताको आचारसंहिता जे हो सोही अनुसार कलम चलाउनुपर्ने सुझाव दिए ।


युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस कास्कीका जिल्ला सचिव भानु ढकाल, सहसचिव शंकर ढुंगाना, युनियनका सल्लाहकार गंगाधर पराजुली, राजबहादुर गुरुङ, शिरोमणि बराल, पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सना पगेनी, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, युनियनका केन्द्रीय सदस्य टंकराज अधिकारी, अर्का केन्द्रीय सदस्य ऋषिकान्त पौडेल, युनियन कास्की सचिव प्रदीप पौडेल, पत्रकार बासुदेव मिश्र, कमल पौडेल अथक, विजय लम्साल,हरि पन्त लगायतले बोलेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-