Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

मादी गाउँपालिकाले मनायो स्थानी स्थापना दिवस

आरन संचालकदेखि डाक्टरसम्मलाई सम्मान

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
मादी गाउँपालिकाले मनायो स्थानी  स्थापना दिवस

पोखरा, २९ फागुन ।

कास्की जिल्लाको मादी गाउँपालिकाले स्थानीय तह स्थापना दिवस भव्यताकासाथ गाँउपालिकाको कार्यालय याङ्जाकोटमा विविध कार्यक्रम गरी मनाएको छ । नेपालको संविधानले परिकल्पना गरेको संघीय शासन प्रणाली बमोजिम २०७३ फागुन २७ गतेका दिनमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी स्थानीय तहको घोषणा गरेको दिनको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले पालिकाको आर्थिक, सामाजिक, भौतिक, मानवीय विकास, सुशासन लगायतका समग्र विकासहरुमा जस्तै कला, संस्कृति, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणका क्षेत्रमा पाँच वर्षमा गरेका कार्यहरूको विवरण सहितको मादी गाँउपालिकाको पहिलो कार्यकाल नामक पुस्तकको विमोचन पूर्व गृहमन्त्री एवम् प्रतिनिसभा कास्की क्षेत्र नं १ का माननीय सांसद खगराज अधिकारीले गर्नु भएको थियो । साथै उहाँले मादी गाउँपालिकाको स्थानीय पाठ्यक्रममा आधारित कक्षा ६ र ७ को मेरो मादी नामक पाठ्यपुस्तक पनि विमोचन गर्नु भयो । सोही अवसरमा मादी गाउँपालिकाको स्थानीय गीत मेरो मादीको गीति भिडियोको समेत शुभारम्भ गरिएको थियो ।

स्थापना दिवसको अवसरमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथिले मादी गाउँपालिकाको विकासकालागि गुरुङको सभ्यताको ऐतिहासिक थलो क्होंलासोंथार लाई सम्पदा सूचीमा सूचीकृत गरी विकास गर्नको लागि आफूले पहल गरेको पर्यटन, स्वास्थ्य, शिक्षा र भौतिक विकासमा मादी गाउँपालिकाले गरेका विकासका कार्यको चर्चा गर्नुभएको थियो । यसका लागि मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ नेतृत्वमा रहेको जनप्रतिनिधिहरूको अहम् भूमिका भएको र सक्षम योग्य जनप्रतिनिधिहरुको नेतृत्व हुन सकेमा धेरै छिटो विकास हुने कुराको उदाहरण पाँच वर्षअगाडिको मादी र अहिलेको मादी विकासको अवस्थालाई हेरे पुग्ने कुरा बताउनुभयो । मादी गाउँपालिकाको वृहत्तर हितमा सधैं लागि रहने समेत बताउनु भयो ।

केही कसैलाई यो नेतृत्वले गरेका राम्रा कार्यलाई देखेर अत्तालिएर गाउँपालिकाका महत्वपूर्ण योजनाहरुलाई अगाडि बढ्न नदिएर अबरोध गरेको बताउनुभयो, गण्डकी प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले यस पालिकाको विकासको लागि भएका कार्यहरुमा मादी गाउँपालिका वर्तमान जनप्रतिनिधिहरुले गरेका कार्यहरूको प्रशंसा गर्नुभयो । त्यसैगरी गण्डकी प्रदेश सभाका सदस्य गायत्री गुरुङले मादी गाउँपालिकाको पाँचवर्षे विकास देखि आफूखुसी भएको कुरा बताउनुभयो । कास्की जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले मादी गाउँपालिका भौतिक पूर्वाधारहरु विकासकालागि पालिकाका जनप्रतिनिधिहरुले उल्लेख्य भुमिका रहेको र अब आउने जनप्रतिनिधिहरुको लाई काम कार्य गर्न सहज हुने कुरा बताउनुभयो । पालिका स्थापना दिवसको अवसरमा मादी गाउँपालिकामा जन्म भई देश तथा विदेशका साथै विभिन्न क्षेत्र तथा विधामा ख्याति प्राप्त गर्नुभएका राजनीतिक व्यक्तित्व, कृषक, कलाकार, संगितकार, उद्योगी व्यवसायीहरु, उच्च पदस्थ कर्मचारी, विशिष्ट व्यक्तित्व, खेलाडी, चिकित्सक, शिक्षाविद्, वातावरणविद्, सामाजिक अभियान्तालाई गाउँपालिकाले सम्मानित गरेको थियो ।

सम्मानित व्यक्तित्वहरुबाट हरुबाट आफ्नो धारणा राख्दै नेपाली कांग्रेसका नेता कृष्ण केसीले मादीको विकासमा गरेका कार्यको प्रशंसा गर्दै जनप्रतिनिधिले गरेको कार्यबाट आफू खुशी भएको र विकास गर्दा राजनीति पार्टीले नभई हामीले पठाएका जनप्रतिनिधिले गरेको कुरा बताउनु भयो, उक्त कार्यक्रममा सम्मानित व्यक्तित्व नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ डाक्टर जगमान गुरुङले राजनीतिले पक्ष र विपक्षका कुरा गर्छन् सहिलाई सहि र व्यक्तिलाई गलतलाई गलत भन्न सक्नु पर्ने कुरा बताउँदै जनप्रतिनिधि हुन पद प्रतिष्ठा प्राप्त गर्न श्री प्राप्त गर्नु पर्ने र श्री प्राप्त गर्नको लागि शक्ति आई रहने, शक्तिका लागि भक्ति आवश्यक अर्थात् जसले जनताको सेवा गर्छ जनताको भक्ति गर्छ उसैलाई शक्ति प्राप्त हुने कुरा बताउँदै मादी गाउँपालिकाले गरेका विकासको सुरुवातबाटै आफू खुशी भएको बताउनुभयो । यस अवसरमा सम्मान गरेकोमा गौरव अनुभूति भएको कुरा बताउँदै नेपाल सरकारका सह सचिव एवम् सडक विभागका महानिर्देशक शिवहरी सापकोटाले आफू जन्मे हुर्केको ठाउँको असाध्यै माया र मादी गाउँपालिकाको विकासमा सधैं साथ र सहयोग रहने बताउनु भयो र आफूलाई सम्झेर सम्मान गरेकोमा मादी गाउँपालिकालाई धन्यवाद दिनु भयो ।

मादी गाउँपालिका निवासी राष्ट्रपति कार्यालयका महिला बालबालिका विज्ञ लक्ष्मी कार्की तथा लेखक एवम् विश्लेषक झलक सुवेदीले मादी गाउँपालिकाले आफुलाई सम्मानित गरेकोमा खुशी व्यक्त गर्दै पालिका विकासका लागि आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मादी गाउँपालिकामा जन्मी हुर्की सांगितीक क्षेत्रमा विशिष्ट योगदान गर्ने वरिष्ट संगितकाररगीतकार तथा गायक वसन्त सापकोटालाई सम्मान गरिएको थियो । सो अवसरमा उहाँले मादीको कलाक्षेत्रको विकासको लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

उक्त अवसरमा प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्षले मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटालाई कोभिड महामारी लगायतको विभिन्‍न प्रतिकूल परिस्थितिमा कुशलतापूर्वक कार्यसम्पादन गर्नु भएको र पालिकाको विकासमा योगदान गर्नु भएको भनी सम्मान गरिएको थियो । साथै स्थापना दिवसको अवसरमा मादी गाउँपालिकामा जन्म भई पालिकामा सेवा गरिरहेका डाक्टर मदन सापकोटा देखि मह सिकारी शेरबहादुर गुरुङ परम्परागत आरन सञ्चालक सूर्य बहादुर विश्वकर्मा सम्मलाई मादी गाउँपालिकाले मादी जन्मभूमि सम्मान पत्र र मेडलले सम्मान गरेको थियो । मादी गाउँपालिकाका विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने कर्मचारी, शिक्षक, प्रधानाध्यापक, उपभोक्ता समिति, कृषक, विद्यार्थी, विद्यालय, स्वास्थ्यकर्मी, पन्चे बाजा समूह, भजन चुड्का समूह, वन उपभोक्ता समिति, युवा क्लब, आमा समूह, पत्रकार, महिला स्वास्थ्य स्वयंसेविका, लामा, पच्युलाई उत्कृष्ट घोषित गरी सम्मानपत्र र मेडल बाट सम्मान गरिएको थियो । सम्मान ग्रहण गर्नेहरुमा गायिका एलिना गुरुङ, खेलाडी टेकेन्द्र गुरुङ, भीर मौरी शिकारी शेरबहादुर गुरुङ, फोटोपत्रकार युनिस गुरुङ, कृषि तरकारीमा उत्कृष्टता हासिल गर्ने गीता सापकोटा, बाख्रा पालक कृषक नारायण बराल, पर्यटन व्यवसायी विकास गुरुङ , दूधपोखरी माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जसबहादुर गुरुङ, प्रधानाध्यापक नविनकुमार शाही जनकल्याण मावि, छात्रा विद्यार्थी शुस्मी गुरुङ हिमालय मावि, छात्र सरोज सापकोटा ध्रुव मावि, शिक्षक बसन्त सापकोटा सिताराम मावि, शिक्षक विकास सुवेदी राष्ट्रज्योति मावि, शिक्षक यादव बराल महारुद्र माविलाई सम्मान गरिएको थियो, यसैगरी महिला स्वास्थ्य स्वयम सेविका ननकुमारी गुरुङ, अनमी दल कुमारी क्षेत्री, सिअहेब झलकनाथ ढुंगाना, आरान सञ्चालक सूर्य बहादुर विश्वकर्मा, डकर्मी प्रेम भुजेल, मौरीपालक कृषक पितृराज लामिछाने, भैंसीपालक श्याम ढुङ्गाना, निर्माण व्यवसायी गजेन्द्र निर्माण सेवा, कृषि सहकारी संस्था मिजुरे मिलन सहकारी संस्था, उद्योग व्यवसाय तर्फ सिक्लेस बेकरी उद्योग, मिलन युवा क्लब, थुमाकोडाँडा साना किसान सहकारी, बयरघारी आमा समूह, प्रगतिशील कृषक समूह, ताङतिङ होमस्टे, भगवतीटार सामुदायिक वन उपभोक्ता समिति, सुन्दरडाँडा पन्चे बाजा समूह, श्री अन्नपूर्ण माध्यमिक विद्यालय, सेवा मिलन टोल विकास संस्था समेतलाई उत्कृष्ट घोषित गरी कदरपत्र, प्रशंसापत्र र मेडलबाट सम्मान गरिएको थियो । यसै गरी गाउँपालिकाको उत्कृष्ट कर्मचारीको रुपमा लक्ष्मी कोइरालालाई सम्मान गरिएको थियो । साथै जनस्वास्थ्य निरीक्षक गोपाल चन्द्र बराल, वडा सचिव बलराम सापकोटालाई उत्कृष्ट सेवा पुर्याउनुभएकोले उत्कृष्ट कर्मचारीको घोषित गरी सम्मान गरिएको थियो ।

मादी गाउँपालिका लाई सेवा क्षेत्र बनाई विभिन्न क्षेत्रमा कार्य गर्ने संस्थाहरु कोपिला नेपाल, राईट फर चिल्ड्रेन,पाहर ट्रष्ट नेपाल, गोर्खा वेलफेयर ट्रष्ट, नौलो घुम्ती, नेपाल रेडक्रस सोसाइटी, गुड नाइवर्स नेपाल, रोटरी क्लव अफ पोखरा, नेलम्वो नेपाल, लाईन्स क्लव अफ पोखरा, ढिकुरपोखरी सम्पर्क समाज, सि।वि।आर।एस।नेपाल, सि।आर।एस। नेपाल, जियोनेट कनेक्सन प्रालि लगायत यसै पालिकामा रहेर हाइड्रो उत्पादन गर्ने सुपर मादी हाइड्रोपावर लि।सिक्लेस, हाईड्रोपावर, हिमालय हाईड्रोपावर, अपरमादी हाइड्रोपावर, इंदी हाइड्रोपावर,रुदी हाइड्रोपावर,र मादमेखोला हाइड्रोपावर लगायतलाई पनि कदर पत्र बाट सम्मान गरिएको थियो

मादी गाउँपालिकाको स्थापना दिवसको कार्यक्रमको अध्यक्षता गर्नुभएका मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले पालिकाको विकासका लागि सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्नुभयो । उक्त समारोहमा उपस्थित सम्पूर्ण महानुभावहरुलाई मादी गाँउपालिकाको उपाध्यक्ष विष्णु माया आचार्य पौडेलले आमन्त्रित सबैलाई स्वागत गर्नुभएको थियो भने वडाध्यक्षहरु मध्ये पसबहादुर बास्तोला, तोरणबहादुर गुरुङ र यमबहादुर गुरुङले मादी गाउँपालिकाले गरेका कार्यहरुबारे आफ्नो भनाइ राख्नुभएको थियो । उक्त कार्यक्रममा संगीतकार बसन्त सापकोटा गीत प्रस्तुत गर्नुभएको थियो भने थुम्सीकोट भजन समूहबाट भजन चुट्का, मुनाल फिल्मसका कलाकारहरुबाट तथा गीतहरू प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा मादी गाउँपालिकाका विभिन्न विद्यालय,आमा समूह, लगायत मादीबासीको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

१३ घण्टा अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

१३ घण्टा अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

३ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

१३ घण्टा अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

१३ घण्टा अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१३ घण्टा अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१३ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In