Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक ः मुख्यमन्त्री पोखरेल

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक ः मुख्यमन्त्री पोखरेल

पोखरा, २८ फागुन ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी चुनावमा जीत हात पार्न गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका छन् । व्यास नगरपालिकाले शनिबार गरेको व्यास नगर अल्ट्रा म्याराथनको समापन कार्यक्रममा उनले गठबन्धनको संस्कृतिलाई परिस्कृत गर्दै लैजान सके मुलुकमा राजनीतिक स्थायित्व कायम हुने बताए । व्यास नगरपालिका–५ मानुङकोटबाट सुरु भएको अल्ट्रा म्याराथन ४४ किलोमिटर दुरी पार गर्दै व्यास नगरपालिका ८ पुलिमराङमा सापन भएको हो ।

कार्यक्रममा मुख्यमन्त्रीले भने, ‘हामीमा गठनबन्धन संस्कृति नभएका कारण असजिलो लागेको हो, अहिले गठबन्धनकै सरकार बनेको छ, राष्ट्रिय सभाको चुनावमा हामीले त्यो अभ्यास गरिसकेका छौं, आगामी चुनावमा पनि मिलेरै जानुपर्ने हुन्छ ।’ छिमेकी मुलुक भारतमा मनमोहन सिंहले २ पटकसम्म गठबन्धन सरकारकै नेतृत्व गरेको स्मरण गर्दै उनले नेपालका दलहरुले पनि त्यसको अनुुसरण गर्नुपर्ने बताए ।

गएको चुनावमा भए भरका कम्युनिस्ट मिलेर तलदेखि माथिसम्म विजयी भए पनि दलहरुबीचकै मुटावका कारण राजनीतिक उतारचढाव आएको उनको भनाइ थियो । अब कांग्रेसको नेतृत्वमा गठनबन्धन सरकार मिलेरै चुनावमा जाने र ३ तहकै चुनावमा विजय हासिल हुने मुख्यमन्त्री पोखरेलले बताए ।

उनले संघीयताको पहिचान भनेको प्रदेश सरकार रहेको भन्दै नागरिकका समस्या सुल्झाउन हरसम्भव प्रयास गरिरहेको बताए । विकास निर्माण मात्र नभएर सामाजिक क्षेत्रमा समेत प्रदेश सरकारले उल्लेखनीय काम गरेको दाबी उनको थियो ।

खेलकुदको प्रंसगमा उनले गण्डकी प्रदेशलाई खेलकुद पर्यटनको हब बनाउनुपर्ने बताए । अबको केही महिनामा पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको र त्यसको तयारीमा प्रदेश जुटेको पनि उनको भनाइ थियो । खेलमार्फत् २ महत्वपूर्ण स्थललाई जोड्ने गरी सुरु गरेको अल्ट्रा म्याराथन व्यास नगरपालिकाको दुरदर्शी कार्य रहेको उनले बताए । मुख्यमन्त्री पोखरेलले सरदार यदुनाथ खनाल जन्मिएको मानुङकोट र सहिद गाउँ पुलिमराङ लाई खेलकुदका माध्यमबाट विश्वसामु चिनाउन म्याराथनले महत्वपूर्ण भूमिका खेलेको भनाइ राखे ।

तनहुँको सदरमुकाम कब्जा गर्ने क्रममा पुलिमराङका धर्मध्वज गुरुङको स्मरण गर्दै त्यतिबेला राणा शासनको विरुद्धमा आवाज उठाएकै कारण शाहदत प्राप्त गरेको बताए । पछि पञ्चायती व्यवस्थाको विरुद्धमा समेत पुलिमराङका युवाहरुले मुलुकका लागि ठूलो योगदानको उनले कदर गरे । उनले भने, ‘धर्मध्वजले बन्दीपुरमा रगत बगाएकै दिनमा नेपालमा संघीय लोकतान्त्रिक व्यवस्थाको जग बसेको हो, अहिले आएर साकार भएको छ ।’

सहिद गाउँको नामले परिचित तनहुँको व्यास नगरपालिका ८ पुलिम¥याङ अहिले पर्यटकीय गन्तव्य बनेको छ । २००७ साल र त्यसपछि भएका आन्दोलनका क्रममा प्रजातन्त्र स्थापनाकै लागि भिडेका कारण यो गाउँका ६ जनाले मृत्युवरण गर्नु परेको छ । पुलिम¥याङ्कै भरत गुरुङ, शमसेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ, हस्तवीर गुरुङले विभिन्न समयमा शाहदत प्राप्त गरेका छन् । पुलिम¥याङ गाउँभन्दा केही माथिको खाली जमिनमा अहिले सहिद पार्क बनाइएको छ र त्यहाँ तिनै ६ जना सहिदको प्रतिमा राखिएको छ ।

कार्यक्रममा व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर २२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए । उनले मानुङकोटको पर्यटकीय महत्व र पुलिमराङको ऐतिहासिक महत्व जोड्नका लागि यो कार्यक्रा आयोजना खुलाए ।

उक्त अवसरमा स्थानीय एक्काबहादुर गुरुङ, टेकबहादुर गुरुङले सहिद पार्कमा सहज आवतजावतका लागि सडकको स्तरोन्नती गर्नुपर्ने आवश्यकता औंल्याए । उक्त अवसरमा संविधानसभा सदस्य रामचन्द्र पोखरेल, जिल्ला समन्वय समिति तनहुँ प्रमुख शान्तिरमण वाग्लेसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिले भनाइ राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

१ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

१ दिन अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

१ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

१ दिन अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१ दिन अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In