पोखरा, २८ फागुन ।
व्यास नगरपालिकाले बर्सेनि गर्दै आएको व्यास नगर अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका वेदबहादुर सुनुवारले हात पारेका छन् । पाँचौं संस्करणको म्याराथनमा सुनुवारले मानुङकोटबाट पुलिमराङसम्मको ४४ किलोमिटर दुरी २ घन्टा ५८ मिनेट ७ सेकेन्डमा पूरा गरेका हुन् ।
नेपाली सेनाकै मोहनदेव जोशी ३ घन्टा ५ मिनेट ५० सेकेन्डमा दुरी पूरा गर्दै दोस्रो र सेनाकै नवराज साउद ३ घन्टा ९ मिनेटमा दुरी पार गरी तेस्रो भए । सुमन कुलुङ, प्रमिश गुरुङ, दुर्गाबहादुर बुढा, शेरबहादुर थारु र गोपाल तामाङ सान्त्वना पाएका छन् ।


आयोजक व्यास नगरपालिकाका मेयर वैकुन्ठ न्यौपानेका अनुसार विजेताले ८५ हजार ७८, ६५ हजार ७८ रुपैयाँ पुरस्कार पाएका छन् । यसैगरी, दोस्रोले ५५ हजार ७८ तथा तेश्रोले १६ हजार ७८ नगद पुरस्कार प्राप्त गरेका छन् । म्याराथनमा १ सय ७३ जना धावक सहभागी थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-