Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

हस्पिटलचोकमा सवृद्धिको शिविर

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
हस्पिटलचोकमा सवृद्धिको शिविर

पोखरा, २८ फागुन ।

सामाजिक उत्तरदायित्व वहन गर्दै श्रीवृद्धि बचत तथा ऋण सहकारी पोखरा १० ले हस्पिटलचोकमा निशुल्क शिविर आयोजना गरेको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) हस्पिटलचोक शाखाको प्राविधिक सहयोगमा भएको शिविरमा ४ सय २२ जनाको सित्तैमा मधुमेह, रगतमा हुने खराब बोसो(टिजी)को रगत जाँच र पिसाब जाँच गरिएको छ ।

कार्यक्रममा वरिष्ठ फिजिसियन प्राडा बुद्धिबहादुर थापाले केही रोग अन्तर्सम्बन्धित भएको र एउटा लागेपछि अर्काे रोग लाग्ने जोखिम हुने बताए । उनले नेपालमा सरुवा रोगको प्रकोप कम भएको देखिए पनि नसर्ने रोगले धेरैलाई पीडित बनाएको उल्लेख गरे । सर्वसाधारणले रोग लागेपछि मात्र होइन, बेला बेलामा स्वास्थ्य जाँच गराई तन्दुरुस्त रहनुपर्नेमा उनले जोड दिए ।

श्रीवृद्धि सहकारीका अध्यक्ष मीनबहादुर गुरुङले युआरएलसँग सहकार्य गरी सामाजिक उत्तरदायित्व वहन गरिएको बताए । उनले राज्यले जिम्मा लिनुपर्ने स्वास्थ्य क्षेत्रमा जनताको पहुँच कम हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटरसमेत रहेका गुरुङले नागरिक र संघ, संस्थाले यस खालका कार्यक्रम गर्दा धेरै सेवाग्राही लाभान्वित हुने सुनाए ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा विश्वराज बरालले अव्यवस्थित जीवनशैली र खानपिनका कारण नेपालमा मुटुरोगी बढ्दै गएको उल्लेख गरे । उनले खानपान, जीवनशैली सुधार गर्दै हृदयघात, हार्टफेलियर जस्ता समस्याबाट जोगिन सर्वसाधारणमा अनुरोध गरे । श्रीवृद्धि सहकारीकी सञ्चालक समिति सदस्य डा. विनिता शर्मा कोइरालाले ससानो हेलचेक्र्याईले बिग्रिने स्वास्थ्य कतिपय अवस्थामा जतिसुकै खर्च गरे पनि पूर्ववत् अवस्था आउन नसक्ने औंल्याइन् ।

युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले रोग लाग्नुभन्दा पनि रोग लाग्नै नदिन विभिन्न संघ, संस्थासँग सहकार्य र आफ्नै आयोजनामा समेत निशुल्क शिविर गर्दै आएको उल्लेख गरे । युआरएलले अहिलेसम्म १ सय ११ औं शिविरमा केही रोगका निशुल्क रगत जाँच गर्दै आएको छ । अहिलेसम्म ८० हजारले निशुल्क सचेतना र शिविरमा भाग लिएका छन् ।

शनिबार रगत जाँच गराएकालाई आगामी शुक्रबार विशेषज्ञको परामर्शसहित रिपोर्ट वितरण गरिने आयोजकले जनाएको छ । विशेषज्ञको परामर्शसमेत निशुल्क हुनेछ । वरिष्ठ फिजिसियन प्राडा बुद्धिबहादुर थापा र स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा. कृष्णराज अधिकारीले रिपोर्ट लिन आउने सर्वसाधारणलाई परामर्श दिने छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

३ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

३ दिन अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

३ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

३ दिन अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

३ दिन अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

३ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In