Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

गण्डकी प्रदेश तेक्वान्दो प्रतियोगिता २०७८ को तयारी पुरा

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
गण्डकी प्रदेश तेक्वान्दो प्रतियोगिता २०७८ को तयारी पुरा

पोखरा, २५ फागुन ।

“स्वस्थ, अनुशासित, सुरक्षित तथा उत्कृष्ठ तेक्वान्दो खेलाडीहरु उत्पादन गर्ने” उद्देश्यका साथ फाल्गुन २६ र २७ गते पाखरामा हुन गइरहेको गण्डकी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिताको तयारी पुरा भएको छ । गण्डकी प्रदेश तेक्वान्दो संघद्धारा आयोजना हुने सो प्रतियोगितामा यस प्रदेशका ७ जिल्लाका १ सय १४ खेलाडीले भाग लिने संस्थाका अध्यक्ष जगन बहादुर गुरुङ्गले जानकारी दिनुभयो ।

यस प्रतियोगिताबाट छनोट भएका २६ खेलाडीहरु राष्ट्रिय टिममा भाग लिन पाउने छन् । प्रतियोगिताका गण्डकी प्रदेशका कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, तनहुँ, गोरखा र नवलपुरका खेलाडीले प्रतिसपर्दा गर्नेछन् ।

जसमा सिनियर तर्फ १६ र जुनियर तर्फ १० गरि जम्मा २६ तौल समुहमा खेल हुनेछ । जुनियर महिला तर्फ ४४ के.जि. ६८ के.जि. सम्म र जुनियर पुरुष तर्फ ४८ के.जि. देखि ७८ के.जि. सम्मका खेल हुनेछन् ।

त्यसैगरि महिला सिनियर तर्फ ४६ के.जि. देखि ७३ के.जि. माथि सम्म र सिनियर पुरुष तर्फ ५४ के.जि. देखि ८७ के.जि. माथि सम्ममा खेल हुने कुरा कार्यक्रम संयोजक रमेश पौडेलले जानकारी दिनु भयो ।

प्रतियोगिता सम्पन्न गर्नका लागि २० जना अफिसियल र २० जना प्राविधिकहरु सहित २ जना स्वयंसेवक रहेको प्रतियोगिताका प्राविधिक निर्देशक एवम नेपाल तेक्वान्दो संघका केन्द्रिय उपाध्यक्ष हरिश्वर पोखे्रलले जानकारी दिनुभयो । अन्तराष्ट्रिय स्तरमा सबैभन्दा बढी मेडल ल्याउने खेलका रुपमा रहेको तेक्वान्दो खेललाई अझै प्रभावकारी बनाउन र सक्षम खेलाडी उत्पादन गर्न प्रदेशले विभिन्न गतिविधि गदै आएको छ ।

यस खेलको इतिहासमा नेपाललाई विश्व सामु चिनाउन तेक्वान्दो खेलाडीहरु ओलम्पीक मेडलिष्ट विधान लामा र ओलम्पीयन सहभागी खेलाडीहरु क्रमशः नारायण गुरुङ, दिपक विष्ट, संगिना वैद्य र निशा रावल जस्ता खेलाडीहरुको योगदान अविस्मरणीय रहेको छ ।

जस मध्ये गण्डकी प्रदेशका ओलम्पीयन खेलाडी नारायण गुरुङ, एशियन पदक प्राप्त सपना मल्ल, हंङकङका मुख्य प्रशिक्षक तुलसी गुरुङ, स्व.अर्जुन गुरुङ, क्या.इन्द्र गुरुङ, ङमर जङ्ग गुरुङ (एन जे), चिन गुरुङ, हरिश्वर पोखरेल, पूर्ण गुरुङ, कृष्ण गुरुङ, बल थापा, कर्ण बोहरा, सुनवहादुर लामा र बलराम लामा जस्ता तेक्वान्दो खेलाडी र प्रशिक्षकहरुको उर्वरभूमी पोखरा र गण्डकी प्रदेशलाई नेपाल तथा संसार भरि चिनाउने खेलाडीहरुको छनोट गर्न आयोजित यस प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुलाई निरन्तर थप प्रशिक्षण गराई राष्ट्रिय टिममा छनोट गराउने प्रमुख उद्देश्य रहेको छ ।
सन २०१९ मा नेपालले आयोजना गरेको १३औं साग खेलकुदमा सबै खेलले भन्दा बढि स्वर्ण पदक र सबै भन्दा बढी पदक ल्याउन सफल खेल तेक्वान्दो नै भएको र मुलुकले पनि अन्तराष्ट्रिय स्तरमा तेक्वान्दो खेलबाट नै बढी पदक ल्याई देशको गौरव बढाउने अपेक्षा गरिएको छ ।

हाल गण्डकी प्रदेशमा ४५ भन्दा बढी डोजाङ र स्कूलहरुमा करिव २५०० भन्दा बढी खेलाडीहरुलाई तेक्वान्दो खेलको प्रशिक्षण दिदै आइरहेको अध्यक्ष गुरुङ्गले जानकारी दिनुभयो ।

 

 

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

१८ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

१८ घण्टा अगाडि

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

थप ६ जनामा कोरोना संक्रमण

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

१८ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

१८ घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

२१ घण्टा अगाडि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

२१ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित
  • पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In