Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

बुलिङटारका बासिन्दाको गुनासो सुन्दै मुख्यमन्त्री

‘नवलपुरको पहाडी भेगमा विकासको मुल फुट्यो’

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
बुलिङटारका बासिन्दाको गुनासो सुन्दै मुख्यमन्त्री

पोखरा, २४ फागुन ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मंगलबार दिनभर नवलपुरको बुलिङटार गाउँपालिका बासिन्दाको गुनासो सुन्न व्यस्त रहे । कालीगण्डकीको किनारमा रहे पनि विकासमा निकै पछि परेको बुलिङटारमा कतिपय गाउँमा अहिले पनि बिजुली पुगेको छैन । खानेपानी र सिँचाइको पनि उस्तै समस्या छ । सदरमुकाम कावासोती पुग्न पनि निकै कष्ट झेल्नुपर्छ ।

मुख्यमन्त्री पोखरेल मंगलबार बुलिङटारका ५ वटा कार्यक्रममा सहभागी भए । बिहान विपी स्मृति भवन शिलान्यास गरेका उनी बुलिङटार गाउँपालिकामा ३ चन्टारमा आयोजित १४ औं राष्ट्रिपति रनिङ सिल्ड छनोप्रतियोगिता उद्घाटन, त्रिभुवन माविका संस्थापक दामोदर बस्ताकोटीको शालिक अनावरण, ११२ औं अन्तर्राष्ट्रिय महिला दिवशको संयुक्त कार्यक्रममा सहभागी भए । मुख्यमन्त्रीले बुलिङटार गाउँपालिका वडा नम्बर १ को वडा कार्यालय पनि मंगलबारै उद्घाटन गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले गण्डकी सरकार नवलपुरको पहाडी भेगको विकासका लागि प्रतिबद्ध रहेको भनाइ राखे । कालीगण्डकी करिडोरको निर्माण धमाधम भइरहेको र अब दक्षिणी भेग जोड्ने सडकको निर्माण पनि सुरु भइसकेको मुख्यमन्त्री पोखरेलले बताए । उनले भने, ‘विगतमा के भए छाडिदिनुस्, अब नवलपुरको पहाडी भेगमा विकासको मुल फुटेको छ, तपाईंहरु ढुक्क हुनुहोस ।’

बिजुली नपुगेका बुलिङटारका गाउँमा विद्युतीकरणका लागि ठेक्का लागिसकेको भन्दै उनले केही महिनामा सबै घरमा केन्द्रीय प्रशारणको बिजुली बल्ने ठोकुवा उनले गरे । कालीगण्डकीको पानी प्रयोग गरेर बुलिङटारको फाँटमा अब छिटै नै सिँचाइ सुविधा पु¥याइने उनले बताए ।

बुलिङटार मात्र नभइ नवलपुरको पहाडी भेगको भौतिक पूर्वाधार विकास र शैक्षिक, राजनीतिक एवं सामाजिक क्षेत्रमा दामोदर बस्ताकोटीको योगदान अतुलनीय रहेको भनाइ मुख्यमन्त्रीको थियो ।

अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा उनले नेपालको संविधानले महिला हकका बारेमा धेरै विषय उल्लेख गरे पनि अब ती प्रावधानलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकीका महासचिव विष्णुप्रसाद लामिछाने, कांग्रेस नवलपुरका नवनिर्वाचित सभापति महेन्द्रध्वज जिसी, प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक ओमकला गौतमले शुभकामना व्यक्त गरे ।

उक्त अवसरमा जिल्ला समन्वय समिति संयोजक चेसराम आलेले प्रसस्त सम्भावना भएर पनि बुलिङटार विकासमा पछि परेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराए । भारतीय दूतावासले निर्माण गरिदिएको भवनको केही रकम ठेकेदारलाई दिन बाँकी रहेको भन्दै यसका लागि पनि छिटै निकास निकाल्न उनले आग्रह गरे ।

बुलिङटार गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीले गएको बर्खामा बुलिङटार र जरायोटार सिँचाइ आयोजनामा क्षति पुगेको र तुरुन्त मर्मत नगरे बर्खे खेती गर्न सक्ने अवस्था नरहेको भन्दै ध्यानाकर्षण गराए । बुलिङटार महिला सञ्जालका अध्यक्ष सुनिता विकले मुलुकमा राजनीतिक परिवर्तन भए पनि महिलामाथि हुने हिंसा झनै बढेको गुनासो गरिन् ।

त्रिभुवन माविका प्रधानाध्यापक शम्भु बस्ताकोटीले धेरै चुनौती झेल्दै विद्यालय यो अवस्थामा आएको बताए । मुख्यमन्त्री पोखरेलले मंगलबार न बुलिङटार गाउँपालिकामा विपी स्मृति भवन शिलान्यास गरेका छन् । स्थानीय रुकादेवी गौतम परिवारले प्रदान गरेको ४ आना जग्गामा प्रदेश सरकारको लगानीमा उक्त भवन बन्न लागेको हो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

२४ घण्टा अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

२४ घण्टा अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

२४ घण्टा अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

२४ घण्टा अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

२४ घण्टा अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

२४ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In