Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

गण्डकी प्रदेशको आइटी पार्क निर्माण कार्य शुभारम्भ

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
गण्डकी प्रदेशको आइटी पार्क निर्माण कार्य शुभारम्भ

पोखरा, २३ फागुन ।

गण्डकी प्रदेशको आइटी पार्क निर्माण कार्यको शुभारम्भ भएको छ । सोमबार कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले आइटी पार्क निर्माणको शुभारम्भ गर्नुभएको हो । करिब ९६ रोपनी जग्गामा निर्माण हुँदै गरेको आइटी पार्कको पर्खाल निर्माणको शिल्यान्यास गरिएको छ ।

मन्त्री थापाले पर्खाल निर्माणको शिल्यान्यास सँगै आइटी पार्क निर्माणको कार्य अगाडि बढेको जानकारी गराउनुभयो । ‘पर्खाल निर्माणको शिल्यान्याससँगै आइटी पार्क निर्माण कार्य शुभारम्भ भएको जानकारी गराउन पाउँदा खुशी लागेको छ’, मन्त्री थापाले भन्नुभयो, ‘सूचना प्रविधि पार्कको विस्तृत प्रतिवेदनको कार्य समेत अगाडि बढिरहेको र गण्डकी प्रदेश सरकार आइटी पार्क निर्माण कार्यलाई पूर्णता दिन प्रतिबद्ध छ ।’

पोखरा महानगरपालिकाबाट ९६ रोपनी जग्गा गण्डकी सरकारको मातहतमा आएसँगै तत्कालिन आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइटी पार्क निर्माणको तयारी थालेको थियो । जसको निर्माण कार्यको शुभारम्भ कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालयले गरेको छ । मन्त्री थापाले पार्क निर्माणका लागि प्रदेश सरकारले अब ढिलाई नगर्ने बताउनुभयो । उहाँले सूचनाप्रविधि पार्कको सहज पहुँच प्रत्येक प्रदेशवासीलाई पु¥याउने उद्देश्य स्वरुप प्रदेश सरकार अगाडि बढीरहेको उल्लेख गर्नुभयो ।

पार्क निर्माण कार्यमा स्थानीयको सहयोग सबैभन्दा महत्वपूर्ण भएको भनाई उहाँको छ । ‘स्थानीयको सहयोग बिना आइटी पार्क निर्माण कार्यलाई गतिशिलता दिन हामी असमर्थ छौं’, मन्त्री थापाले भन्नुभयो, ‘आशा छ सबैको सहयोग मिल्नेछ ।’ पोखरा महानगरपालिकालाई स्मार्ट महानगरपालिका बनाउनका लागि पनि आइटी पार्कको भूमिका महत्वपूर्ण हुने विश्वास मन्त्री थापाको छ ।

आइटीसँग सम्बन्धित नयाँनयाँ प्रविधिको उत्पादन गर्ने, प्रदेश सरकारले आफ्नो तथ्यांक भण्डारण एवं सुरक्षित गर्नेसँगै प्रदेशअन्तर्गत आइटीसँग सम्बन्धित सबै संस्थाहरुको कार्यालय राख्ने गरी पार्क निर्माणको सोच बनाएको मन्त्रालयका सचिव धर्मराज कुईकेलले जानकारी गराउनुभयो । उहाँले गण्डकी सरकारले बनाउन लागेको आइटी पार्क केवल मनोरञ्जनका लागि मात्र नभई अध्ययन अनुसन्धान लागि महत्वपूर्ण हुने बताउनुभयो । पोखरामा डाटा सेन्टर, आइटीसँग सम्बन्धित नवप्रवर्तन (इन्नोभेसन) र नयाँनयाँ प्रविधि पत्ता लगाउने (इन्भेन्सन) का काम पार्कबाट हुने भनाई उहाँको छ ।

कार्यक्रममा बोल्दै स्थानीय राजु प्रसाद तिमिल्सिनाले पार्क बन्दै गर्दा स्थानीय नारायण अधिकारी विस्थापित हुने अवस्था रहेको र प्रदेश सरकारले उहाँको व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । नेपाली काँग्रेस पोखरा १८ का इकाई सभापति शिव तिमिल्सिनाले गण्डकी सरकारले बनाउँदै गरेको सूचना प्रविधि पार्क निर्माणको कार्य आफैमा स्वागतयोग्य रहेको र यसले पोखरा १८ का स्थानीयहरुलाई रोजगारीको सिर्जना समेत गर्ने हुँदा समयमा नै निर्माण कार्य सम्पन्न गर्ने गरी लाग्न गण्डकी सरकारलाई अनुरोध गर्नुभएको छ ।

स्थानीय भरत बहादुर थापाले तत्कालिन रत्न प्राविको १ सय ३५ रोपनी जग्गामध्ये ९६ रोपनीको एउटै प्लटमा सरकारले पार्क बनाउने भएको जानकारी गराउनुभयो । उहाँले आइटी पार्क निर्माणको कार्य कछुवाको गतिमा हुँदा समस्या खेप्नुपरेको गुनासो पोख्नुभयो । प्रदेश सरकारले पर्खाल निर्माण गरी जग्गाको सुरक्षा गर्ने र समयमा नै आइटी पार्क निर्माणको कार्यलाई सक्नुपर्ने भनाई उहाँको छ ।

स्थानीय सुर्य बहादुर खडकाले अनावश्यक राजनीतिक क्रियाकलापका कारण विकासमा बाधा सिर्जना भएको उल्लेख गर्नुभयो । उहाँले विकासको एजेन्डामा सबै एक भएर लाग्नुपर्ने धारणा प्रस्तुत गर्नुभयो । आइटी पार्कको पर्खाल निर्माणको जिम्मेबारी पाउनुभएका निर्माण व्यवसायी विष्णु ढुङ्गानाले स्थानीय नागरिक, जनप्रतिनिधि र प्रदेश सरकारले काम गर्ने सहज वातावरण बनाएको खण्डमा काम समयमा नै सक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

२१ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

२१ घण्टा अगाडि

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

थप ६ जनामा कोरोना संक्रमण

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

२१ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

२१ घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

२४ घण्टा अगाडि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

२४ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित
  • पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In