Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

जनकलाकार विष्णु खत्री र सजना बास्तोलाको सरकार के गरेर खाम ? सार्वजनिक

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
जनकलाकार विष्णु खत्री र सजना बास्तोलाको सरकार के गरेर खाम ? सार्वजनिक

पोखरा, २० फागुन ।

देशभित्रै रोजगारी उपलब्ध नभएकाले वाध्य भएर प्रत्येक दिन लगभग दुईहजारसम्म युवाहरु कामको खोजीमा खाडी मुलुकहरुमा जाने गरेको सरकारी तथ्याङकहरुले देखाउँछन्। खुला सीमाना पार गरी कति युवा, युवती कामको खोजीमा भारत गइरहेका छन् भन्ने त कुनै लेखाजोखा नै छैन। विदेशमा ‘थ्री डि’ कामहरुमा लाखौँ युवाहरु संलग्न रहेका छन् । तर देशभित्रै रोजगारी सिर्जना गर्नेबारे भने खासै काम भएको देखिँदैन ।

नेपालको श्रम बजारमा बर्षेनी कामको खोजीमा आउने अनुमानित पाँच लाख युवामध्ये झण्डै चार लाख विदेश जाने भएकाले पनि देशभित्रै रोजगारी सिर्जना गर्न सरकार तथा राजनीतिक नेतृत्वमाथि दबाब नपरिरहेको बेला जनकलाकार विष्णु खत्रीको भखरै युट्युवमा सार्वजनिक भएको सरकार के गरेर खाम ? गीतले प्रश्नहरुको संहार गरेको छ ।

देशको परिस्थिति र शैक्षिक बेरोजगार युवाहरुको कथालाई मर्मस्पर्शी शब्दले जीवन्त चित्रण गरिएको गीतमा सर्जक तथा प्रसिद्ध गायक खत्री र भर्सटाइल गायिका सजना बास्तोला सजलको सुमधुर स्वरले अलौकिक स्वाद भरेको छ ।

लोकसङ्गीत क्षेत्रमा रूचाइएका गायक÷सर्जक खत्रीले सयौँ गीतमा स्वर दिएका छन्। शब्द रचना र भाका निर्माणमा पनि उनी उत्तिकै पोख्त छन्। यो गीत यसको द्योतक हो । उनले गीतमार्फत विकृति, विसङ्गती, गरिबी, उत्पीडन, अभाव र छुवाछुत जस्ता सामाजिक मुद्दालाई उठान गर्दै आएका छन्। उनका ‘भरिया दाइ’, ‘अन्तरजातीय विवाह’, ‘कि लास चाहियो, कि सास चाहियो’ र ‘जम्मु कश्मिरमा’ लगायत गीत चर्चित छन्। त्यस्तै अहिलेसम्म दर्जनौं गीतमा स्वर दिइसकेकी उनी गीत रचनामा पनि दक्खल राख्छिन् । लोक, पप, आधुनिक, गजल, भजन देखि डान्सिङ सबै शैलीका गीतमा उनले स्वर दिएकी छन्।

गायक तथा सर्जक खत्रीले नागरिकहकको प्रत्याभुति गर्नुपर्ने राज्यको दायित्वबाट सरकार जहिल्यै भाग्ने गरेको भन्दै आमजनताको तर्फबाट सरकारलाई उक्त वातावरण मिलाउन आग्रह गर्दै गीत सिर्जना गरेको बताए । “देशमा हुने भ्रष्टाचार,अन्याय, अत्याचार बढदो महँगी, कालोबजारी बिरुद्ध सशक्त आवाज उठाउँदै भोका, नाङ्गा, गरिब, दिनदुःखी, असहाय, निमुखा, हुँदा खाने वर्ग, श्रमजिवी,उत्पिडीत, बेरोजगारी जनताको जीवन कथामा आधारित गीत हजुरहरु माझ लिएर आएका छौं।” खत्रीले भने “नागरिकलाई गाँस, बास, कपास, स्वास्थ्य,शिक्षा र रोजगारीको अभिभावकत्व प्रदान गर्ने दायित्व सरकारको भएकोले बिनम्रतापूर्वक आम जनताको तर्फबाट सरकारलाई उक्त वातावरण मिलाउन आग्रह गरेका छौं ।”

प्रसिद्ध संगीतकार आशिष अविरलले एरेन्ज गरेको सरकार के गरेर खाममा संगीत सर्जक स्वयमले भरेको छन् । श्रमजिवी,उत्पिडीत तथा बेरोजगारी जनताको चीत्कार प्रस्तुत गरेको म्युजिक भिडियोमा विनोद न्यौपाने र जुना सुन्दासको फिचरिङ देख्न पाइन्छ । युवराज वाइवाको निर्देशनमा बनेको भिडियोमा निशान एसकेको सिनेमेटोग्राफी छ भने अमृत चापागाईको सम्पादन रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

२ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

२ दिन अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

२ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

२ दिन अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

२ दिन अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

२ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In