Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

दिप आईटीको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्राइम न्युज प्राइम न्युज
३ महिना अगाडि
दिप आईटीको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पोखरा, १६ फागुन ।

पोखरामा किन्डर गार्डेन मन्टेश्वरीदेखि कक्षा १२ सम्मको क्षेत्रमा सूचना प्रविधि, सीपको महत्व र शैक्षिक रूपान्तरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । पोखराको सिर्जनाचोकमा रहेको माइक्रोसफ्टको नेपालको लागि राष्ट्रिय पार्टनर दिप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सी तथा दिप कम्प्युटर इन्ष्ट्रिच्युटको आयोजनामा कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल सरकारका पुर्व गृह मन्त्री एवं प्रतिनिधि सभाका सांसद खगराज अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै अधिकारीले सुचना प्रविधि क्षेत्रको बारेमा अभिभावकलाई पनि सिकाउनु जरुरी रहेको बताउनुभयो । कोभिडले सुचना प्रविधिसँग शिक्षालाई रुपान्तरण हुन सिकाएको उहाँको भनाई थियो । विद्यालय तहबाटनै सुचना प्रविधिलाई उच्चतम प्रयोग गर्ने गरी पाठ्यक्रमलाई विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

गण्डकी प्रदेश, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, शैक्षिक योजना तथा विज्ञान प्रविधि महाशाखा प्रमुख तोयनाथ लम्सालले अब हरेक शिक्षक कम्प्युटर शिक्षक हुनु जरुरी रहेको बताउनुभयो । शिक्षकलाई प्रविधिमैत्री बनाउदै शिक्षा पद्धती परिवर्तन गर्नुपर्ने उहाँले सुनाउनुभयो ।

गण्डकी प्रदेश, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय, प्रमुख अम्बिका प्रसाद आचार्यले माध्यमिक विद्यालयमा मात्र केन्द्रित नभई सानो कक्षा देखी कलेज लेभल सम्म नै परिवर्तनको जरुरी रहेको औल्याउनुभयो ।

संस्थागत एवं निजी विद्यालय संगठन (युनिप्स) नेपाल, केन्द्रिय अध्यक्ष शान्तबहादुर गुरुङले सबै एकै पटकमा परिवर्तन नहुने भएकोले जे सम्भव छ त्यसैलाई अगाडी बढाउनु जरुरी रहेको बताउनुभयो । पहिलो चरणमा माईक्रोसफ्ट अफिसको दिप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सीले अगाडी बढाईरहेको माइक्रोसफ्टको, माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीपमा कक्षा आठमा माईक्रोसफ्ट वर्ड, कक्षा नौ मा माईक्रोसफ्ट पावरपोईन्ट र कक्षा दशमा माईक्रोसफ्ट एक्सललाई अनिवार्य गर्दै कम्पनी सर्टिफाई गर्नुपर्ने धारणा उहाँको थियो ।

कार्यक्रममा बोल्दै दक्षिण एसियाली देशहरुको माईक्रोसफ्ट पार्टनर संकल्प वल्ड च्याप्पियनसिपका डाइरेक्टर शंकरन चतुरले आजको समयमा शिक्षा तथा शैक्षिक पद्धतीलाई रुपान्तरण गर्दै विद्यार्थीहरुलाई अगाडी बढाउन जरुरी रहेको बताउनुभयो । नेपालमा विभिन्न सुचना प्रविधिसँग सम्बन्धी कार्यक्रमहरु दिप आईटी मार्फत भैरहेको र त्यस कार्यमा सबैको साथ कार्यगत रुपमा हुनु जरुरी रहेको बताउनुभयो ।

आयोजक संस्थाका सिईयो दिनेश लामिछानेले, सुचना प्रविधिको शैक्षिक रुपान्तरणको लागी केन्द्रिय स्तरबाट केन्द्र सरकार, प्रदेशिक स्तरबाट प्रदेश सरकार सहित सबैले आफ्नो ठाँउबाट कार्य गरेमा रुपान्तरण सम्भव रहेको सुनाउनुभयो । पहिलो चरणमा कक्षा आठमा माईक्रोसफ्ट वर्ड, कक्षा नौ मा माईक्रोसफ्ट पावरपोईन्ट र कक्षा दशमा माईक्रोसफ्ट एक्सललाई अनिवार्य गर्दै कम्पनी सर्टिफाई गरेमा कक्षा दश पछि विद्यार्थीहरु बेसिक डिप्लोमा कोर्स होईन एडभान्स कोर्सहरुमा अगाडी बढ्न सक्ने उहाँले बताउनुभयो ।

सोही कार्यक्रममा बोलदै कम्प्युटर एसोसिएशन अफ नेपाल क्यान महासंघ, सचिव तथा कास्की अध्यक्ष रुक्मांगत भण्डारीले बिद्यालय तहमा नै बेसिक डिप्लोमा लेभलमा कम्पनि सर्टिफाई सम्मको रहेमा कम्प्युटर इन्ष्ट्रिच्युटहरु माथिल्लो तहको कोर्सहरु गराउनको लागि आतुर रहेको जानकारी गराउनुभयो । संस्थाकी संस्थापक सबिना लामिछानेको अध्यक्षतामा कार्यक्रमको सहजिकरण संस्थाकी कार्यलय सचिव समिक्षा अधिकारीले गर्नुभएको थियो ।

दिप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सीतथा दिप कम्प्युटर इन्ष्ट्रिच्युटले माइक्रोसफ्टको, माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीपको जिल्ला स्तरिय र राष्ट्रिय स्तरको प्रतियोगीता सञ्चालन पनि गर्दै आईरहेको छ । हाल संस्थाले देशभर १७ पार्टनरहरुको माध्यमद्वारा ४५ जिल्लामा आफ्ना कार्य सञ्चालन गरिरहेको छ । आगामी वर्ष देशका ६५ भन्दा बढी जिल्लामा आफ्ना कार्यक्रम पुर्याउने लक्ष्य लिएका सिईओ लामिछानेले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

१० मिनेट अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

२१ घण्टा अगाडि

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

१० मिनेट अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

२१ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

२१ घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

२४ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक
  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In