पोखरा, १३ फागुन ।
गोपीबहादुर भट्टराई र राजन पौडेल रेवान पोखरा भेट्रान्स टेनिस उपाधीका लागि भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएका रोमाञ्चक सेमिफाइनल खेलहरुमा जित हाँसिल गर्दै राजन र गोपीले उपाधी भिडन्त निश्चित गरेका हुन् ।
पहिलो सेमिफाइनलमा गोपीले धरमबहादुर लामिछानेलाई ६–३, ०–६ र सुपरटाईमा १०–३ ले पराजित गरे । पहिलो सेटमा पराजित धरमले दोश्रो सेट सहज आफ्नों पक्षमा पर्दै खेलमा फर्किने कोषिश गरेपनि तेश्रो सेटमा उनले लय गुमाउन पुगेका थिए । अर्को सेमिफाइनलमा राजनले हुम आलेको कडा चुनौतीलाई पार गर्न सुपर टाईमै पुग्न प¥यो । पहिलो सेट ६–१ को स्कोरमा सहजै आफ्नों गरेका हुमले दोश्रो र तेश्रो सेट गुमाउन पुगे । राजनले दोश्रो सेट ६–४ ले तथा तेश्रो सेट सुपर टाईमा १०–४ ले कब्जा गर्दै खेल आफ्नों पोल्टामा पारे ।


प्रतियोगितामा खुल्ला एकलतर्फका विजेताले नगद १५ हजार तथा दोश्रो हुनेले नगद ७ हजार ५ सय सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । डबल्सतर्फ विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । नवप्रवेशितर्फका विजेता र उपविजेताले ट्रफि पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया लेख्नुहोस्:-