पोखरा, १३ फागुन ।
कोग्लेका लेखक तथा सामाजिक अभियान्ता प्रेमबहादुर बोहराले आगामी स्थानीय तहको निर्वाचनमा डोल्पाको ठूलीभेरी नगरपालिकाको प्रमुखमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । आफ्नो नगरपालिकालाई सुगम, सुसम्पन्न र सुव्यवस्थित बनाउने सपना देखेका उनले त्यसलाई पुरा गर्ने आफ्नै अभिभारा महसुस गर्दै बोहराले शुक्रवार ४ बजे सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।
“ठुलिभेरी नगरपालिका जे बन्न सक्थ्यो त्यो बन्न नेतृत्वबाट हुन पर्ने बिधि, पद्धति र प्रक्रियामा र हुन पर्ने मात्रामा पालिकाका गतिविधि हुन नसक्दा ‘नेतृत्वमा भिजन र योजना सहितको नयाँ पुस्ता’ लाई अघि बढाउनु पर्ने र त्यसको थालनी आफैबाट गरेको” बोहराले भनाई छ ।


‘विकासमा राजनीति होइन, विकासका लागि राजनीति’ हुनुपर्ने उनको तर्क छ । सामाजिक क्षेत्रमा दशक लामो कार्यानुभव लिएका बोहरा परिवर्तनको मुल पथ राजनीति रहेछ भन्दै पाँच वर्ष अघि सक्रिय राजनीतिमा प्रवेश गरे । उनी निरन्तर रुपमा नगरपालिकाका कामकारवाहीमा पारदर्शीता र जवाफदेहितामा प्रश्न उठाउँदै आएका छन् ।
त्यसो गर्दा उनीमाथि सांघातिक आक्रमण समेत भएको थियो । शिक्षा, श्वास्थ र रोजगारी लगायत नागरिकका आधारभूत आवश्यकतालाई सम्बोधन गरी नगरबासीलाई सपना देख्न सक्षम बनाउने लक्ष्य बोकेका उनलेजुनसुकै परिस्थितिको सामना गरेर भएपनि आफ्नो सपना पुरा गर्नेतिर हरप्रयास गर्ने दृढता जाहेर गर्दै आएका छन् ।
शिक्षा, दिगो विकास, जलवायु परिवर्तनका क्षेत्रमा काम गरेका उनले निर्वाचनका लागि जनउत्तरदायी प्रशासन, अर्गानिक र जलवायु अनुकूल नगरपालिका बनाउने मुद्धा उठाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-