कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विरगंजमा जाउँ है पोखरा अभियान

प्राइम न्युज प्राइम न्युज
४ महिना अगाडि

पोखरा, ११ फागुन ।

आन्तरिक पर्यटन पुनःउत्थानको लक्ष्यसहित गत आइतबारबाट सुरु भएको यसबर्षको जाउँ है पोखरा अभियान सफलतापूर्वक सम्पन्न भएको छ । बुटवल, हेटौंडा र विरगंज लगायतका शहरहरुलाई समेटेर संचालन गरिएको अभियान अन्तर्गत आन्तरिक पर्यटनको विकासका लागि व्यावसायिक सहकार्य र पर्यटन प्रबद्र्धनको पक्षमा जोड दिइएको थियो ।

आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधारको रुपमा बुझेर संघले अभियान संचालन गरेको संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए । अभियानको क्रममा खासगरी नेपाली नयाँ बर्षका अवसरमा आयोजना गरिंदै आइएको फेवा नवबर्ष महोत्सवमा सहभागिताका लागि उल्लेखित शहरका वासिन्दालाई छलफल र अन्तरक्रिया आयोजना गरी निमन्त्रणा प्रदान गरिएको अध्यक्ष सुबेदीले बताए । महोत्सवका अवसरमा होटलका कोठामा ३० प्रतिशत छुट प्रदान गरिने पनि उनले जानकारी गराए ।

दुई दशक अघि द्वन्द्वकालमा सुरु गरिएको जाउँ है पोखरा अभियानले सकारात्मक प्रभाव पारेको जनाउँदै अभियानका संयोजक एवं संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले सधैं कोभिड १९ भनेर बस्नुभन्दा मारमा परेको पर्यटन व्यवसायलाई विस्तारै पुनर्जागृत गर्दै चलायमान बनाउने उद्धेश्य अनुरुप आफूहरु प्रचारमा निस्किएको स्पष्ट पारे ।

यही अवसरमा प्रदेश नम्बर २ को औद्योगिक तथा व्यापारिक शहर विरगंजमा बुधबार आयोजित कार्यक्रममा व्यवसायी गणेशप्रसाद लाठले पोखराले पर्यटकको चाहाना अनुसार सेवा सुविधा विकास, विस्तार र परिस्कृत गर्दै अगाडि बढ्नुपर्ने सुझाव राखे । अर्का व्यवसायी अनिल अग्रवालले ठूला दरका भारतीय नोट बोक्न पर्यटकलाई नेपालमा छुट हुने वातावरण सिर्जना गर्नुपर्ने भनाई राखे । आयोजक संघका सल्लाहकार वच्चुराम तिवारीले व्यवसायिक एकता र पर्यटनमा सहकार्य आबश्यक भएको भन्दै प्रतिस्पर्धी बजारलाई चिनेर अगाडि बढ्नुपर्ने बताए । पत्रकार श्याम बंजराले पनि सो अवसरमा भनाई राखेका थिए ।

नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा भएको कार्यक्रममा अभियानका परिकल्पनाकार एवं होटल संघ नेपालका केन्द्रिय सदश्य विप्लव पौडेल, अर्का केन्द्रिय सदश्य एवं होटल संघ नेपाल पोखराका सल्लाहकार भरतराज पराजुली र होटल संघ नेपाल पोखराका सल्लाहकार हरिशर्मा गैह्रे लगायतका महानुभावको सहभागिता थियो । कार्यक्रमको संचालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

६ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

४ हप्ता अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

४ हप्ता अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य