कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यातायात क्षेत्रमा हुने बिचौलीयाको अन्त्य गर्न हेल्प डेक्स आवश्यकः मन्त्री बराल

यातायात व्यबस्था कार्यालयका प्रमुखहरुसंग छलफल

प्राइम न्युज प्राइम न्युज
४ महिना अगाडि

पोखरा, १० फागुन ।

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले यातायात क्षेत्रमा हुने बिचौलीयाको अन्त्य गर्न हेल्प डेक्स स्थापना गर्न आवश्यक भएको बताउनु भएको छ । प्रदेशको अर्थ मन्त्रालयले मंगलबार पोखरामा आयोजना गरेको राजश्व संकलन तथा परिचालन सम्बन्धि एक दिने अन्तरक्रियात्मक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बरालले यातायात क्षेत्रको सेवा प्रभावकारी बनाउन बिचौलीयाको अन्त्य गर्दै हेल्प डेक्स स्थापना गर्नुपर्ने बताउनु भएको हो ।

मन्त्री बरालले भन्नु भयो“ प्रदेशको राजश्व संकलनको पहिलो क्षेत्र नै यातायात हो, यो प्रत्यक्ष जनतासंग जोडिएको हुँदा यसबाट सेवाग्राहीलाई झनझट रहित ढंगले काम गर्दा आवश्यक पर्ने कुनै पनि सुधारको लागि अर्थ मन्त्रालय तयार रहेको छ ।” यातायात क्षेत्रमा धेरै समस्या रहेकोले त्यसको अन्त्य गरी जनतालाई प्रभावकारी ढंगले सेवा दिदै डिजिटल सिस्टममा लैजानको लागि अनुसन्धान आवश्यक भएको मन्त्री बरालले बताउनु भयो । यातायात विभागलाई संघियताको मर्म र भावना अनुसार चल्न आग्रह गर्दै मन्त्री बरालले यातायात क्षेत्रमा निजी क्षेत्रको हावी भएको टिप्पर्ढी गर्नु भयो ।

प्रदेशमा यातायात क्षेत्रबाट चालु आर्थिक बर्षको माघ मसान्तरसम्म ७ महिनामा १ अर्ब १२ करोड राजश्व संकलन भएको मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बताउनु भयो । यातायात क्षेत्रबाट यस बर्ष १ अर्ब ९४ करोड राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा प्रदेशमा गत बर्ष यातायात क्षेत्रबाट १ अर्ब ६९ करोड ४८ लाख राजश्व संकलन भएको सचिव अर्यालले बताउनु भयो । प्रभावकारी ढंगले कसरी राजश्व संकलन गर्न सकिन्छ भन्ने बिषयमा उक्त कार्यक्रम आयोजना गरिएको उहाँले जनाउनु भयो ।

गण्डकीका प्रदेश लेखा नियन्त्रक केशवराज ढकालले संघिय सरकारबाट प्रदेशलाई कम अनुदान आउने भएकोले प्रदेशले राजश्वको दायरा बृद्धि गर्नुपर्ने बताउनु भयो । भौतिक पूर्वाधार शहरी विकास तथा यातायात व्यबस्था मन्त्रालयका उपसचिव टीकाराम पौडेलले पोखरा महानगरले सडकमै पार्किङ शुल्कः लिनु अवैधानिक भएको उल्लेख गर्दै प्रकृया र डिजिटललाइज सिस्टममा लैजान नसक्दा थप कर संकलन हुन नसकेको बताउनु भयो ।

यातायात व्यबस्था कार्यालय, सवारी कास्कीका उपसचिव डिल्लीराम रिजालले अझै पनि यातायातमा बिचौलियाको हावी भएको बताउनु भयो । २ सय रुपैयाको कर शुल्क तिर्न पनि ५ सय रुपैया बिचौलियालाई तिर्नुपरेको सेवाग्राहीले आफुहरुलाई गुनासो गर्ने गरेको उहाँले सुनाउनु भयो । टफिक कार्यालयबाट संकलन गर्ने राजश्व प्रदेश माताहातमा ल्याउनुपर्ने रिजालको माग थियो ।

विगत डेढ बर्ष देखि लाइसेन्स प्रिट नहुदा लाइसेन्स वितरणमा ठुलो समस्या रहेको एकै दिनमा ७ देखि १० हजार प्रिट हुने भए पनि हाल एक लाख लाइसेन्ट पेन्डिङ भएको यातायात व्यबस्था कार्यालय सवारी चालक अनुुमतिपत्र कार्यालय कास्कीका प्रमुख प्रेम सुवेदीले बताउनु भयो । कर्मचारी दरबन्दी कम जसले गर्दा बिहान ७ देखि बेलुका ७ बजेसम्म खटिनुपर्ने भएकोले, कर्मचारीलाई प्रोत्साहत भक्ताको ब्याबस्था हुनुपर्ने समेत उहाँले माग गर्नु भयो ।

राजश्व चुहावटका क्षेत्रहरुमा सवारी चालक अनुमती पत्र प्रमाणिकरण दस्तुर,रिचेक तथा रिट्याकिङ गर्नुपर्ने, समयमै छुटको सूचना जानकारी नभएको हुँदा कार्यान्वयमा कठिनायी भएको कार्यक्रममा सुझाव आएको अर्थ मन्त्रालयका उपसचिव वसन्तराज तिवारीले बताउनु भयो । संघिय र प्रदेश कानूत बाझिएको, संघिय कार्यविधिबाट परिचालित हुनुपरेको, अन्य प्रदेशबाट जारी भएको सवारी चालक अनुमती पत्रको नविकरण के कसरी गर्ने यसको लागि कानूनि व्यबस्था गर्नुपर्ने माग गरिएको उहाँले जनाउनु भयो ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

६ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

४ हप्ता अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

४ हप्ता अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य