कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तथ्यमा आधारित तथ्याङकको आधारमा विकासलाई प्रथामिकता दिनुपर्छः मन्त्री बराल

गण्डकी प्रदेशबाट आर्थिक सर्वेक्षण सुरु

प्राइम न्युज प्राइम न्युज
४ महिना अगाडि

पोखरा, ०८ फागुन ।

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले तथ्यमा आधारित तथ्याङकको आधारमा विकास निर्माणलाई प्रथामिकता दिनुपर्ने बताउनु भएको छ । संघिय अर्थ मन्त्रालयले आज (आइतबार) पोखरामा आयोजना गरेको आर्थिक सर्वेक्षण २०७८÷०७९ को तयारी सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बरालले तथ्यमा आधारित प्राप्त तथ्याङकलाई आधार मानेर विकास निर्माणलाई प्रथामिकता दिनुपर्ने बताउनु भएको हो ।

कुनै कार्यालयले तथ्याङकलाई रहस्यमय बनाउन नहुने बताउदै मन्त्री बरालले आफुहरुसंग भएको तथ्याङकलाई सार्वजनीक र बहन गर्नुपर्नेमा जोड दिनु भयो । सामाजिक शंक्रिणताको कारण केहीले तथ्याङक बिषय बस्तुलाई रहस्यमय बनाइदिने र सामान्य व्यक्तिहरुले समेत बुझ्न नै नसक्ने, जान्नै नसक्ने अन्यौलमा पार्ने प्रचलन भएको उहाँको भनाई थियो । काठमाण्डौं केन्द्रित राज्य प्रणालीको सोच भएकोले गर्दा हाम्रा लक्ष्य र उद्धेश्य प्राप्तीमा गम्भिर प्रश्न जन्मेको मन्त्री बरालको भनाई थियो ।

सिमित श्रोत साधनको अधिकत्तम प्रयोग गर्दै जनताको आवश्यकताहरुलाई समेत प्रथामिकिकरण गर्दै विकास निर्माणमा स्थानिय, प्रदेश र संघिय सरकार बिच समन्वय, सहकार्य र सह—अस्तित्व हुनुपर्ने मन्त्री बरालको भनाई थियो । समाजबादको जग स्थापना हुने गरी सत्य तथा तथ्यमा आधारित तथ्याङक संकलन तथा सोही अनुरुप कार्यान्वयन गर्न सवै लाग्नु पर्ने मन्त्री बरालको भनाई थियो । आउँदो चैत २१ गते भित्र आ—आफ्नो कार्यालयबाट आर्थिक सर्वेक्षणको विवरण संकलन अभियानलाई सफल पार्न समयमै तथ्याङक उपलब्ध गराउन प्रादेशीक कार्यालयका पदाधिकारीहरुलाई मन्त्री बरालले आग्रह समेत गर्नु भयो ।

कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिब कृष्ण प्रसाद शर्माले देशमा ऋण दाहित्व बढ्दै गएको कृषिमा शेयर घट्दो रुपमा रहेको चालु खर्च बढ्दो रुपमा रहेको दाबी गर्नु भयो । प्रदेशका प्रमुख सचिव रविलाल पन्थले तथ्याङकले जीवनस्तर सुधार हुने गरी कार्यक्रम गर्न सहज हुने बताउनु भयो । प्रदेशका प्रमुख सचिब रविलाल पन्थले तथ्याङकको उचित प्रयोग गर्न सके पछि परेका व्यक्तिहरुको जीवनस्तर उकास्न सकिने बताउनु भयो । प्रदेशको निती तथा योजना आयोगका उपाध्यक्ष रधुराज काफ्लेले संघिय आर्थिक सर्वेक्षणमा प्रदेशहरुको समेत छुट्टा छुट्टै परिसूचकहरु ल्याउनुपर्ने माग गर्नु भयो ।

अझै पनि बजार केन्द्रित बसाई सराई नरोकिएकोले ग्रामिण क्षेत्रमा विकास निर्माणमा जोड दिनुपर्ने उहाँको भनाई थियो । आयोगका सदस्य माया तिमिल्सिनाले सर्वोक्षणले समावेसी र लैंगिक विकास तर्फ समेत ध्यान दिनुपर्ने धारण व्यक्त गर्नु भयो । प्रदेशको अर्थ मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले पहिलो चौमासिकको खर्च गर्ने सिस्टम र अन्तिम चौमासिकको खर्च गर्ने सिस्टम बिच असन्तुलन अझै कायम भएकोे गुनासो गर्नु भयो । कार्यक्रममा मन्त्रालयका राजश्व सचिव कृष्ण हरी पुस्कर, सहसचिव हिक्मत बहादुर भण्डारी लगायतले वोल्नु भएको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

१ महिना अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

१ महिना अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

७ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

१ महिना अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

१ महिना अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

१ महिना अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

१ महिना अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य