पोखरा, ०४ फागुन ।
पोखरा महानगरपालिकाका कानुनी सल्लाहाकार अधिवक्ता कमलप्रसाद अर्याल ठगी आरोपमा पक्राउ परेको घटना सम्बन्धमा पोखरा महानगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उक्त घटनाको सत्यतथ्य छानबिनमा सहजताका लागि पोखरा महानगरपालिकाको नगर प्रमुख स्तरीय निर्णयबाट निज अर्याललाई पक्राउ परेको दिन देखि नै कानुनी सल्लाहकारको जिम्मेवारीबाट पदमुक्त गरिएको महानगरले बुधबार एक प्रेश विज्ञप्ति प्रकाशित गरि जनाएको हो ।
साथै घटनाको निष्पक्ष छानबिनका लागि सरोकार तथा सम्वद्ध निकायलाई पोखरा महानगरपालिकाले आग्रह गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-