कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आयरल्यान्डसँगको खेलमा नेपालको ब्याटिङ चलेन, १६ रनले पराजित

प्राइम न्युज प्राइम न्युज
५ महिना अगाडि

काठमाण्डौँ, ०२ फागुन ।

बलिङमा उत्कृष्ट प्रदर्शन गरेपनि ब्याटिङमा खराब प्रदर्शन गर्दा नेपाल चार देशीय टी–२० सिरिजको अन्तिम खेलमा आयरल्याण्डसँग १६ रनले पराजित भएको छ । दीपेन्द्र सिंह ऐरीले करियरकै उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि टेष्ट राष्ट्र आयरल्याण्डलाई १२७ रनमा अलआउट गरेपनि नेपाल जितबाट वञ्चित रह्यो । १२८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो । नेपालले आयरल्याण्डलाई १३.३ ओभरमा हराएको भए सिरिज नै जित्ने अवसर थियो ।

तर सफल हुन सकेन । उत्कृष्ट बलिङ गरेको नेपालले लक्ष्य पछ्याउने क्रममा खराब सुरुवात ग¥यो । यसअघि दुई खेल नखेलेका कुशल भुर्तेल र आसिफ शेखको नेपालको ओपनिङ जोडीको रुपमा आएका थिए । पहिलो विकेटका लागि कुशल र आसिफले ४.१ ओभरमा २६ रनको साझेदारी गरे । कुशल ११ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १५ रन बनाएर आउट भए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका लोकेश बम छैटौं ओभरमा व्यक्तिगत ६ रनमा आउट भए ।

अर्का ओपनर आसिफ शेख २२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रन बनाएर आठौं विकेटमा आउट हुँदा नेपाल ५०–३ को स्थितिमा पुग्यो । पाँचौं नम्बरमा झरेर ब्याटिङ गरेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल पनि ५ रन बनाएर १२औं ओभरमा आउट भए । त्यसपछि आएका शरद भेषावकर १ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा नेपालले ६६ रनमा पाँचौ विकेट गुमायो । दीपेन्द्र सिंह ऐरीले कुशल मल्लसंग मिलेर इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । यो जोडीले २२ रनको साझेदारी ग¥यो । दीपेन्द्र लामो सट हान्ने क्रममा १७औं ओभरमा आउट भए । उनले ३० बल खेल्दै १ चौका र १ छक्का मद्दतमा २८ रन जोडे ।

अन्तिम दुई ओभरमा नेपाललाई जितका लागि २४ रन आवश्यक थियो । तर १९औं ओभरको तेस्रो र चौथो बलमा कुशल मल्ल र कमल सिंह ऐरी लगातार आउट भए । कुशलले १६ बल खेल्दा जम्मा ९ रन बनाए । कमलले १० बल खेल्दै १ चौका र १ छक्का मद्दतमा १३ रन जोडे । अन्तिम ओभरमा सन्दीप १ रन बनाएर आउट भए । आयरल्याण्डका मार्क एडेर, सिमी सिंह, बेरी म्याक्कार्थी र एन्डी म्याकब्रिनले २–२ विकेट लिए । कर्टिस काम्परले १ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले इनिङ्सको अन्तिम बलमा अलआउट हुँदै १२७ रन बनाएको थियो ।

उत्कृष्ट बलिङ प्रदर्शनसहित नेपालले आयरल्याण्डलाई सुरुवातदेखि नै दबावमा राखेको थियो । सुरुवाती ६ ओभरमै आयरल्याण्ड ३५–३ को कमजोर स्थितिमा थियो । पहिलो ओभरमै कमलसिंह ऐरी, त्यसपछि जितेन्द्र मुखिया र अविनाश बोहराले पावर प्लेमा विकेट लिए । त्यसपछि दीपेन्द्रसिंह ऐरीको सानदार बलिङ आक्रमण सुरु भयो । दीपेन्द्रले ट्वान्टी–२० करिअरमै उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्दा टेष्ट टोली आयरल्याण्ड सस्तैमा खुम्चिन पुग्यो । दीपेन्द्रले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए ।

यो खेलमा कप्तान सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरे । उनी ५० विकेट पूरा गर्ने पहिलो नेपाली बलर हुन् । आयरल्याण्डका लागि जर्ज डकरेलले सर्वाधिक २८ रन जोडे । कर्टिस च्यम्परले २० र एण्डी बाल्बिर्नीले १९ रन जोडे । श्रृङ्खलाको पहिलो खेलमा ओमानमाथि ६ विकेटको जित हासिल गरेको नेपालले दोस्रो खेलमा युएईसँग २५ रनको हार ब्यहोरेको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

६ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

४ हप्ता अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

४ हप्ता अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य