पोखर, १ फागुन ।
गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले देशको हालको राजनीतिक परिस्थिती अनुसार सडक मोर्चामा जानुपर्ने समय समेत आउन सक्ने बताउनु भएको छ । माओबादी केन्द्रका नेता समेत रहेका मन्त्री बरालले २७ औ जनयुद्ध दीवसको सन्दर्भमा आइतबार माओबादी केन्द्र पोखरा २७ को सम्पर्क कार्यालयको उद्घाटन गर्दै देशको राजनीतिक परिस्थिती अनुसार अब सडक मोर्चामा समेत जानुपर्ने परिस्थिती आउन सक्ने बताउनु भएको हो ।
पुराना सासकहरु अनुभवी र चलाखी भएकोले उनीहरु प्रति थप सचेत र सजग हुनुपर्ने बताउदै मन्त्री बरालले अझै पनि जनयुद्धको मर्म र भावना अनुसारको राज्य सक्ता संचालन हुन नसकेको गुनासो गर्नु भयो । उहाँले भन्नु भयो“नेपाली राजनीतिमा अझै कयौं गुणा कठिनायी सृजना हुने अबस्था आएकोले त्यसको सामना गर्नुपर्ने अबस्था आएको छ तर चुनौतीको सामना गर्न नसके प्राप्त गरेको उपलब्धिहरु गुम्न पनि सक्छ । ” नयाँ प्राप्त गरेका अधिकार विस्थापित गरी खारेजी गर्नको निम्त्ति अनेक प्रकारका हरकतको प्रयास भएको बताउदै मनत्री बरालले यस प्रति समयमै सचेत हुनु पर्ने समय आएको दाबी गर्नु भयो ।
सडक आन्दोलनले प्रतिगम परास्थ पारेको स्मरण गराउदै मन्त्री बरालले आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा विजयी हुने मानसिकताका साथ निर्वाचनमा होमिन आग्रह गर्नु भयो । अमेरीकी परियोजना एमसीसी संसोधन विना कुनै पनि हालतमा नेपालमा लागु गर्न नहुने पक्षमा आफुहरुले पहिले देखि वकालत गर्दै आएको उहाँले स्मरण गर्नुभयो ।
माओबादी केन्द्रका अग्रज नेता कोमलनाथ बरालले जनवादी गणतन्त्र ल्याउने जनयुद्धको मुल मर्म भए पनि हाल पुंजिबादी गणतन्त्र आएको तथा ४९ प्रतिशत मात्र जनयुद्धको उपलब्धि पुरा भएको दाबी गर्नु भयो । माओबादी केन्द्रका अग्रज नेता झलकपाणी तिवारीले जनयुद्धको उपलब्धि पुरा गर्न स्वदेशी तथा बिदेशी शक्ति लाग्ने बाधक भएको दाबी गर्नु भयो । प्रतिगमन बिरुद्ध एक जुट हुन उहाँले आग्रह गर्नु भयो ।
गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक) ले स्थानिय निर्वाचनमा अघिल्लो निर्वाचनको मुल्याङकन गरी उचित ढंगले लाग्नुपर्ने बताउनु भयो । माओबादी केन्द्रका नेता समेत रहेका सभापति रुपकले जनयुद्धले नेपालको सवै क्षेत्रलाई प्रभावित पारेकोले यसको छुट्टै महत्व रहेको दाबी गर्नु भयो । माआबादी केन्द्र पोखरा २७ का अध्यक्ष गोविन्द वाग्लेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा वाईसिएल पोखरा २७ का अध्यक्ष रविन्द्र पौडेल, सचिव निर्मल पौडेल लगायतले वोल्नु भएको थियो ।
यसैबिच माओबादी केन्द्र कास्कीले पार्टी कार्यालय पोखराको शिवालयचोकमा शुभकामना आदान प्रदान गरी २७ औं जनयुद्ध दीवस मनाएको छ । कार्यक्रममा माओबादी केन्द्रका अग्रज नेता द्धय कोमलनाथ बराल र झलकपाणी तिवारीले कार्यक्रममा सहभागिहरुलाई अविर लगाउदै शुभकामना व्यक्त गर्नु भएको माओबादी केन्द्रका नेता दीपक कोइराला रुपकले बताउनु भयो । कार्यक्रममा माओबादी केन्द्रका नेता तथा कार्यकर्ताको साथमा गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनको समेत सहभागिता रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-