कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वन संरक्षणमा वन प्राविधिकहरुको भूमिका महत्वपूर्ण ः मन्त्री थापा

प्राइम न्युज प्राइम न्युज
५ महिना अगाडि

पोखरा, १ फागुन ।

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले वन संरक्षणमा वन प्राविधिकहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । प्रजातान्त्रिक वन प्राविधक संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन कार्यक्रमलाई उदघाटन गर्दै उहाँले नेपालमा अनावश्यक रुपमा वन फडानी भइरहेको र यसको संरक्षणमा लाग्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

‘अनावश्यक रुपमा वन फडानी हुँदा प्राकृतिक विपति जस्ता समस्या आइरहेका छन्’, उहाँले भन्नुभयो, ‘हरियो वन नेपालको धन केवल नारामा मात्रै सिमित रहेको छ, यसको संरक्षणमा सबै जुट्नुपर्ने आवश्यकता छ ।’ मन्त्री थापाले प्रदेश सरकारले वन संरक्षण सम्बन्धि ऐन निर्माण गर्ने तयारी गरिरहेको र संघीय सरकारको केही झन्झटिलो नीति नियमका कारण रोकिएको बताउनुभयो । उहाँले वनलाई विकास निर्माण र देशको समृद्धिसँग पनि जोड्नुपर्ने आवश्यकतालाई औंल्याउनुभएको छ । जून वन प्राविधिकहरुले मात्र पूरा गर्न सक्ने धारणा उहाँको छ ।

मन्त्री थापाले वनले पर्यटन क्षेत्रको विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । सामुदायिक वनको संरक्षणले नेपालमा पाइने दुर्लभ वन्यजन्तुमा ह्रास नआउने र अवलोकनका लागि पर्यटकहरुको आगमन बढ्ने विश्वास उहाँको छ । उहाँले वन प्राविधिकहरुको समस्या न्युनिकरणमा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । ‘वन प्राविधिकहरुलाई परेका समस्याको न्युनिकरणमा प्रदेश सरकार प्रतिबद्ध छ’, उहाँले भन्नुभयो, ‘दक्ष जनशक्तिलाई नेपालमै काम गर्ने वातावरण मिलाउन यहाँहरुले पनि सक्दो सहयोग गर्नुपर्यो ।’

मन्त्री थापाले विकास विरोधि वन ऐनका कारण कतिपय काठहरु वनमा नै कुहिएर नास हुने अवस्था रहेको बताउनुभयो । उहाँले वन सम्बन्धि ऐनलाई नै संशोधन गरी विकास अनुरुप बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभएको छ । ‘विकास विरोधि ऐनका कारण वर्षौ देखि वनमा आफै ढलेका रुखहरुलाई काठका रुपमा परिणत गरी विकास आयोजनामा प्रयोग गर्न सक्ने अवस्था छैन’, उहाँले भन्नुभयो, ‘भारतबाट काठ आयत गर्नुपर्ने अवस्था छ । यस्ता ऐन कानून संशोधन हुनुपर्छ ।’ वनलाई संरक्षण गर्दै पुराना रुखहरुलाई काठको रुपमा परिणत गरी विकास निर्माणमा प्रयोग गर्नुपर्ने धारणा उहाँको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

६ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

४ हप्ता अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

४ हप्ता अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य