कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरालाई आर्थिक विकासको केन्द्र बनाउन मुख्यमन्त्रीको जोड

पृथ्वी राजमार्गको विकल्प बुद्धसिंह मार्ग

प्राइम न्युज प्राइम न्युज
५ महिना अगाडि

पोखरा, २८ माघ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई आर्थिक विकासको केन्द्र बनाउन त्यही अनुसारको योजना बनाएर अगाडि बढ्नपर्ने बताएका छन् । पोखरा महानगरपालिकाको १० औं सभाको उद्घाटन समारोहमा शुक्रबार मुख्यमन्त्री पोखरेलले भने, ‘गण्डकी प्रदेश हरेक सूचकांकमा अगाडि रहे पनि आर्थिक गतिविधिका हिसावमा हामी पछाडि छौं । यसमा हाम्रा नीति नियम कमजोर हुन् या कहाँनेर कमजोरी छ त्यो पत्ता लगाएर आर्थिक गतिविधि बढाउनुपर्ने छ । पोखरा त अब प्रदेशको मात्र होइन मुलुककै आर्थिक केन्द्र बन्नुपर्छ । पर्यटनमार्फत् त्यो सम्भावना पनि छ ।

उनले अबको पोखरा भनेको कास्कीभित्रको सहरी क्षेत्रमात्र होइन पूर्वमा मुग्लिन र पश्चिममा राम्दीसम्मको भूभागलाई समेट्नेगरी विकास गर्न पोखराले चासो देखाउनुपर्नेमा जोड दिए । प्रदेश सरकारले संघ सरकारको सहयोगमा स्टाटेलाइट सहर विस्तारका लागि प्रदेशले पनि गृहकार्य गरिरहेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो । उनले भने, ‘सबै खालका गतिविधिलाई पोखराभित्र मात्र समेट्न सम्भव छैन । त्यसका लागि लागि वृहत पोखराको परिकल्पना गरिएको हो ।’ उनले स्थानीय तहका ५ वर्ष पूरा हुनै लाग्दा अब आफूले आफैलाई समीक्षा गर्नुपर्ने बेला भएको पनि उल्लेख गरे । उनले भने, ‘पोखरा प्रदेशको राजधानी मात्र होइन पर्यटकीय केन्द्र पनि हो । यो सहरलाई कस्तो बनाउने भनेर प्लानिङ गर्ने हामीहरुले नै हो ।’

पोखराको सुन्दरता बचाइराख्न र पर्यटक आकर्षणका लागि थप पूर्वाधार निर्माण गर्नुपर्ने भन्दै उनले यहाँका सडक चौडा हुन्, फराकिलो फुटपाथ, फूलका क्यारी सहितको फुटपाथ रात्रिकालीन बत्ती, चोक र टोलहरुमा सिसी क्यामेरा जरुरी रहेको उनले बताए । पोखरा आकर्षक मात्र होइन सुरक्षित छ भन्ने सन्देश दिन जरुरी रहेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो । पोखराले ५ वर्षमा पर्यटक दोब्बर बढाउने, उनीहरुको बसाई अवधि र खर्च पनि दोब्बर बनाउने गरी योजना ल्याउनुपर्छ भन्दै उनले यसका लागि प्रदेश सरकारले के सहयोग गर्नुपर्छ तयार रहेको बताए ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेका बेला अब यसको उपयोगका बारेमा चर्चा सुरु भइसकेको भन्दै मुख्यमन्त्री पोखरेलले ल्यान्डफिल साइटको विकल्पको खोजी र विमानस्थलसम्मको बाटो विस्तार प्राथमिकतामा हुनु जरुरी रहेको भनाइ राखे । अहिले मुग्लिन पोखरा सडक खण्ड विस्तारको काम भइरहेकामा जामुने पोखरा खण्डमध्ये पोखरातिरबाट काम थाल्नका लागि प्रदेश सरकारले आयोजना प्रमुखसँग कुरा गरिसकेको उनले बताए ।

पोखरा मुग्लिन सडक स्तरोन्नतिको काम भइरहँदा विकल्पको रुपमा रहेको बुद्धसिंह मार्गलाई सञ्चालनमा ल्याउन प्रदेश सरकारले पहल गरेको खुलासा उनले गरे । मुख्यमन्त्री पोखरेलले भने, ‘यसका लागि म आफै पनि स्थलगत अनुगमनमा गएर फर्केको छु । नारायणघाट मुगलिन सडक खण्डको घुमाउने भन्ने ठाउँमा पुल निर्माणाधीन छ । त्यसमा हालका लागि बेलिब्रिज बनाएर भए पनि धुमाउनेदेखि दमौली सडक सञ्चालनमा ल्याउने हो भने झण्डै ३२ किलोमिटर बाटो छोटिन्छ ।’ दमौलीबाट सिसाघाट हुँदै मध्यपहाडी लोकमार्गबाट पोखरा निस्कनका लागि छोटो बाटोको विकल्प पनि उनले सुनाए ।

पोखराको सार्वजनिक जग्गा संरक्षणमा पनि महानगर अझै चनाखो हुनुपर्ने उनको आग्रह छ । उनले भने, ‘महानगर आफै र पोखरा उपत्यका नगर विकास समितिको नाममा धेरै जग्गा छ, त्यसको उपयोगिताका लागि अब योजना बनाउन ढिला गर्नु हुँदैन ।’ फेवाताललाई संरक्षित क्षेत्र त घोषणा गरिएको भन्दै उनले अब काम कसरी गर्ने चुनौती रहेको सुनाए ।

पोखरामा व्यवस्थित बसपार्क बनाउन धेरै ढिलाइ भइसकेको चर्चा गर्दै उनले प्रदेशको समेत सहभागितामा लामेआहालमा बसपार्क बनाउन म सहकार्यका लागि आह्वान गरे । प्रदेश सरकारको नेतृत्वमा आफू आएको ७ महिना भए पनि नागरिकको नजिक पुग्ने प्रयास हामीले गरेको उनको भनाइ थियो । विकासे योजनाका साथमा सामाजिक क्षेत्रका कार्यलाई पनि हामीले सँगसँगै अगाडि बढाएको मुख्यमन्त्री पोखरेलले सुनाए ।

चर्चामा आएर पनि अगाडि बढ्न नसकेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम अब सुरु हुनेभएको जानकारी उनले दिए , उनले भने, ‘लगानी बोर्डले अब पोखराको सिलिङे डाँडामा सम्मेलन केन्द्र बनाउने छ । गत साता हामीले यसका बारेमा काठमाडौंमै पुगेर छलफल गरेपछि काम अगाडि बढ्ने भएको हो ।’

अब फागुन १ गतेबाट प्रदेशभरका अस्पतालमा रगतको निशुल्क प्रबन्ध गरिएको पनि उनले बताए । कोभिडबाट अभिभावक गुमाएका बालबालिकालाई अध्ययनका लागि मासिक ५ हजार रुपैयाँ, परिवारको सदस्य गुमाएकाहरुलाई एकमुष्ट ५० हजार रुपैयाँ दिन सुरु गरिसकेको मुख्यमन्त्री पोखरेलले बताए । उनले भने, ‘पोखरा मात्र होइन गण्डक प्रदेश नै सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरेका छौं । अहिले पोखराको सडक छेउमा धेरै दृष्टिविहीनहरु गीत गाएर बसेको देखिनुभएको छ, उहाँहरु कहाँबाट किन र कसरी आउनुभएको हो, महानगरले चासो देखाइदिनुहोला ।’
पाठेघरको मुख र स्तन क्यान्सरका बिरामीको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने भनेर गरेको निर्णय अब कार्यान्वयनमा जाँदै गरेको उनले सुनाए । व्यवसाय जीवन रक्षा कोषको कार्यविधि हालै मात्र संशोधन गरेर विकास बैंकहरुलाई पनि यसमा सहभागी गराइएको जानकारी उनले दिए ।

यसका साथमा दुम्कीवास त्रिवेणी सडक खण्डमा निकुन्जको अवरोध हटेर अब काम अगाडि बढेको, डेढगाउँ झ्यालवास सडक खण्डका लागि ठेक्का लागिसकेको पनि उनले सुनाए ।

कार्यक्रममा पोखरा महानगरका मेयर मानबहादुर जिसीले पोखरालाई सुन्दर बनाउनका लागि सबै एकजुट हुनुपर्ने भन्दै यसमा प्रदेश सरकारले पनि साथ दिनुपर्ने भनाइ राखे । उपमेयर मञ्जुदेवी गुरुङले ५ वर्षको अवधिमा महानगरले देखिने गरी काम गरेको बताइन् । उक्त अवसरमा वडाध्यक्षद्वय रामराज अधिकारी, शोभामोहन पौडेल, प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले भनाइ राखेका थिए ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

१ महिना अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

१ महिना अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

७ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

१ महिना अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

१ महिना अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

१ महिना अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

१ महिना अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य