कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एमसीसीले ठुलो थ्रेट ल्याएको छ तर हामी झुक्दैनौंः मन्त्री बराल

पोखरा १८ र २३ का जनतासंग अर्थ मन्त्री बराल

प्राइम न्युज प्राइम न्युज
५ महिना अगाडि

पोखरा, २९ माघ ।

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले एमसीसी परियोजनाले ठुलो थ्रेट ल्याएको बताउदै त्यसमा नेपाली झुक्न नहुने बताउनु भएको छ । माओबादी केन्द्रका नेता समेत रहेका मन्त्री बरालले शनिबार पोखरा १८ तथा २३ क्षेत्रमा विकास निर्माणका योजनाहरुको निरिक्षण गर्न पुगेको अबस्थामा स्थानिय माझ एमसीसी परियोजनाले नेपाली राजनीतिमा ठुलै हलचल ल्याउन खोजेको उल्लेख गर्दै नेपालको राष्ट्रियता र स्वाभिमान गुम्ने गरी कुनै पनि हालतमा लागु गर्न नहुने बताउनु भएको हो ।

अमेरीकाले एमसीसी मार्फत नेपालमा आफ्नो गतिविधि बढाउन खोजेको उहाँले बताउनु भयो । मन्त्री बरालले भन्नुभयो “अहिले हामी गरिब भए पनि स्वामिभान ढंगले बाच्न त पाएका छौं तर ५५ अर्बको कारण हाम्रो स्वाभिमान गुम्न दिन हुदैन, सैन्यगठबन्दन र नेपालको संविधान विपरित हामीले अनुदानको नाममा कुनै देशसंग सहयोग लिन आवश्यक हुदैन ।” नेपाली राजनीतिमा एमसीसीले ठुलो थ्रेट ल्याएको दाबी गर्दै मन्त्री बरालले यसको कारण नेपाली राजनिती धुर्वीकरणमा जाने स्थिती भएकोले समयमै सचेत रहन समेत सुझाव दिनु भएको छ । उहाँले भन्नु भयो “नेपाली स्वाभिमान र राष्ट्रियता नै झुकाउने प्रकारको एमसीसी परियोजना संसोधन बिना स्विकार्यन हुदैन बरु गरिब भए पनि स्वाभिमान पूर्ण ढंगले नेपाली भएर हामी बाच्छौं ।”

एउटा समुहले जे भए पनि एमसीसी पास गर्ने रणनितीमा रहेको उल्लेख गर्दै मन्त्री बरालले आफुहरुले पहिले देखि नै केही बिबादित मुद्धमा पुनः संसोधन गरेर एमसीसी लागुपर्ने पक्षमा ओकालत गर्दै आएको समेत जनाउनु भयो । संघियता मन नपराउनेहरुले संघियता माथि प्रश्न उठाएको बताउदै मन्त्री बरालले ठुलो सर्घष र बलीदानबाट प्राप्त संघियताले घर घरमा सिंह दरबारको अधिकार पुगेको जनाउनु भयो ।

यसैबिच पोखरा १८ को भकुण्डे स्थित भकुण्डे युवा मंचले हालै निर्माण गर्न लागेको फुटवल मैदानको शनिबार अवलोकन गर्दै मन्त्री बरालले जनस्तरबाट खेल मैदान निर्माणको लागि धेरै काम अघि बढेकोले बाँकी रहेको काम पुरा गर्न पहल गर्ने जनाउनु भयो । मंचले एक सय लम्बाई र ४० मिटर चौडाईको खेल मैदान निर्माण गर्न लागेको मंचका अध्यक्ष सन्तोस अधिकारीले बताए । कार्यक्रममा माओबादी केन्द्र पोखरा १८ का अध्यक्ष राजु तिमिल्सिना, मिलन आमा समुहका अध्यक्ष कल्पना खड्का, मंचका उपाध्यक्ष प्रकाश नेपाली, स्थानिय राजेन्द्र अधिकारी लगायतले उक्त मैदान निमार्ण भएसंगै खेल पर्यटनको विकास हुने विश्वास व्यक्त गर्नु भएको छ ।

त्यस्तै शनिबार मन्त्री बरालले पोखरा २३ स्थित घाटीछिनामा हाल प्रदेश सरकारबाट निर्माण हुदै गरेको सडकको अवलोकन गर्दै घाटीछिना, पखत, खुरपाखा कृषि सडक पोखरा २२ को पुम्दी भुम्दी हुर्दै सिद्धार्थ राजमार्गसंग जोड्नुपर्ने बताउनु भयो । कृषि र पर्यटनका दृष्टिले निकै महत्व रहेको उक्त बाटोको डिपिआर गरी यथा सिघ्र बुहबर्षीय योजनामा पार्न आफ्नो क्षेत्रबाट समेत पहल हुने मन्त्री बरालले विश्वास व्यक्त गर्नु भयो । घाटी छिना पखत खुरपाखा सडक निर्माण समितिका अध्यक्ष बिष्णु प्रसाद पौडेलले उक्त सडक बर्षादमा ठप्प हुने भएकोले यस बर्ष थप बजेटको व्यबस्थापन गर्न माग गर्नु भयो ।

स्थानिय छविलाल अधिकारी, समितिका सचिव यामनाथ अधिकारी, सहसचिव मनिस पौडेल लगायतले पोखराको मुख्य बजार र फेवातालको नजिकै भएर पनि आफुहरु विकासमा पछि परेको मन्त्री समक्ष गुनासो गर्नु भएको थियो । मन्त्री बराललाई विभिन्न कार्यक्रममा फुलमाला तथा खादा लगायर स्वागत गरेका थिए भने सराङकोट चंखपुर सडक क्षेत्रका स्थानियले करिब ३ किलोमिटर सडक पैदल हिडाउदै कम्तिमा एम्बुलेन्स संचालन हुने वातावरण सृजना गर्न माग गरेका छन्।

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

६ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

४ हप्ता अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

४ हप्ता अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य