कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वन पैदावारको उपयोग गर्ने खालको वन ऐन बन्छ–मुख्यमन्त्री पोखरेल

प्राइम न्युज प्राइम न्युज
५ महिना अगाडि

पोखरा, २७ माघ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले वन पैदावारको उपयोग गर्ने खालको प्रदेश वन ऐन निर्माण गरिने बताउनु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशद्धारा वन अधिकार सुनिश्चितताको माग गर्दै संकलन गरिएको हस्ताक्षर व्यानर हस्तान्तरण कार्यक्रममा उहाँले सरोकारवालसंगको छलफलबाट प्रदेश वन ऐनलाई व्यवहारिक र सरल बनाईने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश अन्तर्गतका कतिपय जिल्लाका सामुदायिक वनमा रहेका ढलापडा रुखलाई निकासीमा लगाइएको प्रतिवन्दको कारण जङगलमै नष्ट भएर खेर जाने गरेको बताउँदै मुख्यमन्त्री पोखरेलले प्राकृतिक श्रोतलाई हरित रोजगार सिर्जना तथा समृद्धिको आधार बनाउनु पर्नेमा जोड दिनुभयो ।

वनको संरक्षण एवम् प्रवद्र्धनमा सामुदायिक वन समूहको योगदानको कारण नेपाल विश्व सामु सामुदायिक वनको देशका रुपमा परिचित भएको बताउँदै उहाँले यसको उपयोग र व्यवस्थापनमा सवैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । समूहको अधिकार सुनिश्चितताका लागि देखिएका कानूनी अड्चन हटाउन संघ सरकारसंग पहल गर्ने मुख्यमन्त्री पोखरेल सो अवसरमा प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिसदको कार्यालयमा आयोजित कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले ज्ञापनपत्र सहित हस्ताक्षर संकलन गरिएको व्यानर हस्तान्तरण गर्नुभएको थियो । उहाँका अनुसार सामुदायको अधिकार कटौती गर्ने गरि तयार गरिएको वन नियमावली २०७८ को मसौदा, प्रदेश वन ऐन र संंरक्षित वन क्षेत्र विस्तार, तेहेरो कर र वन पैदावार सदुपयोगमा लगाएको प्रतिबन्धको विरुद्धमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालले बिभिन्न ११ बुँदे माग गर्दै देशव्यापी आन्दोलन गर्दै आएको छ ।

वन नियमावलीको मसौदामा वन ऐन २०७६ विपरित र सामुदायिक वनको अधिकारमा गम्भिर आधात पुग्ने गरि ल्याइएका सम्पूर्ण व्यवस्था खारेजीको माग गर्दै ज्ञापनपत्रमा भनिएको छ, वन ऐन २०७६ को दफा १८(१) मा सामुदायिक वन उपभोक्ता समुहले आफुले संरक्षण गरेको वन पैदावारको स्वतन्त्र रुपमा मूल्य निर्धारण र बिक्री वितरण गर्न पाउने संवैधानिक अधिकार सुनिश्चित गर्न आवश्यकछ ।

उपभोक्ताको अधिकारलाई कुण्ठित गर्ने गरि वन नियमावली २०७८ को नियम २३ मा सामुदायिक वन उपभोक्ता समूहले ५० प्रतिशत काठ जिल्ला वन पैदावार आपूर्ति समितिलाई उपलव्ध गराउनु पर्ने व्यवस्थाको विरोधमा महासंघ आन्दोलन गर्न बाध्यभएको बताउँदै अध्यक्ष सुवेदीले जिल्ला वन पैदावार आपूर्ति समिित, पुरानो काठ दाउरा व्यवस्थापन समिति, जोखिमपूर्ण रु व्यवस्थापन, जिल्ला वन समन्वय समिति, जिल्ला वन सरक्षा मन्वय लगायतका विभिन्न १५ वटा सामुदायिक वन उपभोक्ता समहूको अधिकार कटोती गर्ने गरि नियमावलीको मस्यौदानबाट हटाइनु पर्ने आवश्यकता औल्याउनुभयो ।

सामुदायिक वन उभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्यहरु सरिता कुमाल, मुक्ति तिमिल्सिना र हरिप्रसाद बास्तोला, प्रदेश सचिवालय सदस्य दिनेश श्रेष्ठ, फेकोफन कास्की र तनहुका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागिता रहेको हस्तान्तरण गरिएको व्यानरमा ५० हजार भन्दा बढीको हस्ताक्षर गर्नुभएको थियो ।

माघ महिनाको पाँचदेखि २८ गतेसम्मको घोषित दोश्रो चरणको आन्दोलन अन्तर्गत सामुदायिक वनमा हस्तक्षेप विरुद्ध हस्ताक्षर संकलन गरि मुलुकका सम्पूर्ण स्तानीय तह, डिभिजन वन कार्यालय, सवडिभिजन वन कार्यालय र प्रदेश वन मन्त्रालय, जिल्ला प्रशासन कार्यालयमा धर्ना सहित ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

६ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

४ हप्ता अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

४ हप्ता अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य