कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

घान्द्रुकः दुर्घटनापछि कलाभिरमा ‘रेलिङ’

प्राइम न्युज प्राइम न्युज
५ महिना अगाडि

पोखरा, १९ माघ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकस्थित कलाभिरमा लामा अमृत फाउण्डेशनले रेलिङ निर्माण गरेको छ । सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित करिब १ लाख ४५ हजारको लागतमा सो भिरमा रेलिङ निर्माण गरेको हो ।

घान्द्रुकका स्थानिय होटल तथा पर्यटन व्यवसायीहरु र देश विदेशमा रहेका दाताहरुको आर्थिक सहयोगमा पक्की रेलिङ निर्माण गरेको फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले बताए । सो स्थानमा असोज २५ गते जीप दुर्घटना हुदा चालकसहित ८ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए ।

गुरुङले दुर्घटना पश्चात् नकरात्मक सन्देश प्रवाह भएको बताउदै सो क्षेत्रमा सवार गर्दा सुरक्षित महशुस गराउन रेलिङ निर्माण गरेको बताए । ‘त्यो दुर्घटना अत्यन्तै दुखदायी बन्यो । पर्यटकमा पर्न गएको नराम्रो खबर पछि हामीले धुक्क महसुस गराउनका लागि रेलिङ निर्माण गरेका हौ, उनले भने, ‘यति मात्र नभएर यही क्षेत्रमा भएका ५ वटा घुम्तीमा ऐना पनि राखेका छौ । यसले यात्रा थप सुरक्षित बनाउन मद्दत पुर्याउछ ।’

उनले सो संरचना निर्माण गर्न आर्थिक सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिदै घान्द्रुक यात्रामा सुरक्षित महसुस गर्न सकिने बताए । ‘त्यो घटनापछि गाउँले पनि हिड्न डराउथे । अहिले यो बनाईसकेपछि सबै धुक्क बनेका छन् ।’ गुरुङले भने ।

त्यसैगरी प्हे ल्हु संघ घान्द्रुकका अध्यक्ष प्रेम गुरुङले लामा फाउण्डेशनले सरकारत्मक सन्देश दिने कार्य गरेको भन्दै प्रशंसा गरे । ‘यो कार्यले सबैभन्दा त सकरात्मक सन्देश पुर्याएको छ । अब सहजै सवारीसाधनहरु घान्द्रुक भित्रिन सक्छन्’, उनले भने, ‘अझ सरकारी पक्षले पनि थप जोखिम क्षेत्रमा यस्ता रेलिङहरु निर्माण गर्नुपर्छ ।’

अब ढुक्क भैयोः एम्बुलेन्स चालक
भारत राजदुतावासको सहयोगमा सञ्चालित एम्बुलेन्सका चालक तथा रेलिङ निर्माण समितिका संयोजक याम बहादुर गुरुङले सो क्षेत्रमा यात्रा गर्दा ढुक्क भएको बताए । उनले सो रेलिङ निर्माणको संयोजकको रुपमा काम गरेको बताउदै रेलिङ निकै बलियो रहेको जानकारी दिए । ‘करिब ८ दिन लगाएर यो काम सम्पन्न गरेका छौ, उनले भने, ‘यो माथी जति उठेको छ त्या भन्दा बढि नै जमिनमा पनि पिसिसी गरेर गाँडेका छौ । यो बाटोमा गुड्ने सवारीलाई यसले सहजै रोक्न सक्छ । अब बल्ल धुक्क भएका छौ ।’

उनले सो क्षेत्रमा दुर्घटना पश्चात प्राय सवारी चालकहरु त्रसित भएको बताउदै भने, ‘यो ठाउँमा सबैभन्दा ठुलो दुर्घटना नै यही थियो । त्यसैले यहाँ आउँदा अलि कस्तो लाग्थ्यो अब भने चालकहरुले पनि धुक्क भएको प्रतिक्रिया दिएका छन् ।’ गुरुङले सो सडक बिस्तार गर्दा आफु सचिव रहेको स्मरण गर्दै नीजि स्रोतबाट सडक निर्माण गरेको बताए । सरकारको ३ लाख र स्थानीय समुदायको २ करोड लागतमा सडक बिस्तार गरेको बताउदै भने, ‘यो बाटो यहीको गाउँलेले उठाएर खनेको हो । सरकारको त जम्मा ३ लाख मात्रै हो । त्यही कारणले पनि बाटोको ग्रेड अलि मिलेको छैन ।’

उनका अनुसार अहिले जोखिम क्षेत्रमा ढलानका निम्ति गण्डकी प्रदेश सरकारबाट २० लाख बजेट विनियोजन भएको छ । ‘अब ढलानको काम पनि छिटै हुन्छ । हामी तयारीमै छौ, गुरुङले भने । सो कलाभिरमा असोज २५ गते ग १ ज ६९०० नम्बरको जीप दुर्घटना हुँदा चालक अन्नपूर्ण गाउँपालिका ५ नयाँपुल बस्ने ४२ वर्षीय खुशीमान क्षेत्री, काठमाडौं ३ गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीया सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशीष आले, २७ वर्षीय विनय क्षेत्रीले घटना स्थलमै ज्यान गुमाएका थिए । भने २० वर्षीया देवीका घिसिङलाई सकुशल उद्धार गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

६ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

४ हप्ता अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

४ हप्ता अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य