कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एमाले कास्कीका जनसंगठनद्वारा सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

प्राइम न्युज प्राइम न्युज
५ महिना अगाडि

पोखरा, १८ माघ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीका जनसंगठनहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल स्थानीय निर्वाचन घोषणा गराउन दबाब दिने उद्देश्यले ज्ञापन पत्र बुझाएका छन् । मंगलबार कास्कीका निमित्त सिडिओ कृष्णचन्द्र पौडेललाई जनसंगठनले स्थानीय निर्वाचनको माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

निर्वाचन आयोगले समेत संविधानको पालना गर्न स्थानीय तहको अवधि नकटाई निर्वाचन घोषणा गरिदिन गरेको आग्रहलाई समेत बेवास्ता गर्दै शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले आलटाल गरिरहेको जनसंगठनले ठहर गरेको छ ।

‘नेपालको संविधानले स्थानीय तह, प्रदेश तह र संघीय तहमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको व्यवस्था गरेको छ । प्रदेश र संघीय तहमा व्यवस्थापिकाको निर्वाचन हुने र व्यवस्थापिकामा बहुमत प्राप्त गर्ने दलबाट कार्यकारी निर्वाचित हुने व्यवस्था छ,’ ज्ञापन पत्रमा लेखिएको छ, ‘तर स्थानीय तहको हकमा कार्यपालिकाको निर्वाचन जनताबाट प्रत्यक्ष हुने प्रावधान छ । संविधानको धारा २१५ र २१६ ले गाउँ÷नगर पालिकाको अध्यक्ष÷प्रमुख, उपाध्यक्ष÷उपप्रमुख, वडाध्यक्ष र सदस्यको प्रत्यक्ष निर्वाचित हुने र निर्वाचित मितिले पाँच वर्ष पुगेकै मितिमा पदमुक्त हुने व्यवस्था गरेको छ ।’

संवैधानिक स्पष्ट व्यवस्थालाई अपव्याख्या गरी स्थानीय तहको निर्वाचन पर सार्ने षड्यन्त्रमा गठबन्धन सरकार लागिरहेकाले जनदबाब स्वरुप ज्ञापन पत्र बुझाइएको प्रेस चौतारी कास्कीका अध्यक्ष तथा एमाले कास्कीका जिल्ला कमिटी सदस्य अर्जुन गिरीले बताए । ‘लोकतान्त्रिक मुलुकका निम्ति आवधिक निर्वाचन सुन्दर अभ्यास हो,’ उनले भने, ‘संविधान र स्थानीय सरकार सञ्चालनका लागि निर्दिष्ट कानुनको पालना गर्न÷गराउन सरकार गम्भीर बन्नुपर्छ ।’

संविधानको धारा २१४ ले स्थानीय तहको सञ्चालन स्थानीय कार्यकारीबाट हुने व्यवस्था गरिएकोले निर्वाचित कार्यकारिणी बाहेक स्थानीय तह सञ्चालनका लागि अन्य वैकल्पिक व्यवस्था संविधानले कल्पना नगरेको हुँदा निर्वाचित भएको पाँच वर्ष पूरा हुनु अगावै नयाँ जनप्रतिनिधि निर्वाचित भइसक्नुपर्ने बाध्यात्मक अवस्था छ ।

‘यस संवैधानिक व्यवस्थालाई नजरअन्दाज गर्दै संविधान र कानुनविपरित स्थानीय निर्वाचन समयमा नगर्ने र स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने कुनैपनि कार्य हामीलाई स्वीकार्य छैन,’ ज्ञापन पत्रमा लेखिएको छ, ‘संविधानको प्रस्तावना, भावना एवं मर्म बमोजिम समयमै आवधिक निर्वाचन सम्पन्न गर्नु सरकारको अनिवार्य दायित्व हो ।’

जनसंगठनले मुलुक गठबन्धन सरकारको नेतृत्वमा पुगेसँगै महिला, बालबालिकामाथिकोे लैगिंक हिंसाजस्ता अपराधजन्य सामाजिक घटनाहरु बढेको र यस्ता गतिविधिका कारण मुलुकमा सुशासन, शान्ति सुरक्षामा बढेको चुनौतिप्रति सरकार गम्भीर नबनेको जनाएको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

६ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

४ हप्ता अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

४ हप्ता अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य