पोखरा, १६ माघ ।
पोखरामा एक किलो सुनसहित एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ का २५ वर्षीय रेशम सुनार रहेका छन् ।
गए राति पोखरा महानगरपालिका–३०, पावरहाउसचोकबाट करिब १ किलो बराबरको बिस्कुटको आकारमा रहेको सुन सहित उनलाई पक्राउ गरिएको हो ।
काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ख २९६९ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा हाइसमा सवार सुनारलाई लुकाई ल्याएको उक्त सुनसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-