काठमाडौं, १६ माघ ।
राष्ट्रियसभाको बैठक पुनः अनिश्चितकालका लागि स्थगित भएको छ । माघ १७ गतेका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका लागि स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।
यसअघि संघीय संसद सचिवालयले आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक पनि शनिबार सूचना निकालेर १० दिन पछि सारिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-