काठमाडौं, १६ माघ ।
आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। कोरोनाको सम्भावित जोखिम उस्तै रहेको भन्दै बैठक स्थगित गर्नुपरेको संसद सचिवालयले जनाएको हो।
आइतबार दिउँसो १ बजेको लागि बोलाइएको बैठक कोरोना महामारीलाई कारण देखाउँदै स्थगित गरिएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन्।
संसद सचिवालयले अर्को बैठकको मिति आगामी माघ २६ गतेका लागि तय गरेको छ।
गत पुस ६ गतेदेखि सुरु भएको संसद बैठक त्यसपछि पुस ७ गते बसेको थियो। पुस ७ मा बसेर स्थगित प्रतिनिधिसभा अब माघ अन्तिमसम्म नबस्ने भएको हो।
प्रतिक्रिया लेख्नुहोस्:-