पोखरा, १५ माघ ।
पेनाल्टीमा मनाङलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लबले आहा रारा गोल्डकपको उपाधि जितेको छ । पोखरा रंगशालामा भएको खेलमा पेनाल्टीमा मनाङलाई ५–४ गोलले हराउँदै एपीएफले पहिलोपटक आहा रारा गोल्डकपको उपाधि जितेको हो ।
यसअघि खेलको निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो ।
विजेता एपीएफले १० लाख १ हजार रुपैयाँ र दोस्रो भएको मनाङले ५ लाख १ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-