पोखरा, १५ माघ ।
कास्कीमा स्मार्ट लकडाउनको अवधि लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले शनिवार प्रेश विज्ञप्ति प्रकाशित गरि लकडाउन लम्बिएको जनाएको हो ।
जिल्लामा कोरोना संक्रमणदर ५० प्रतिशत भन्दा माथि रहेको भन्दै नयाँ आदेश जारि गरेको छ। जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यद्वारा जारी विज्ञप्ति अनुसार आइतबारदेखि लागु हुने गरी माघ मसान्तसम्मका लागि नयाँ आदेश जारी गरिएको हो।
नयाँ आदेश अनुसार आइतबारदेखि लागु हुने गरी जिल्लामा सिनेमा हल, डान्स बार तथा दोहोरी, हेल्थ क्लब, जिम, स्विमिङ पुल, फुटसल, स्पा तथा ब्युटीपार्लर लगायत मानिसको भीड लाग्ने सबै प्रकारका कार्यक्रम गर्न पाइने छैन।
यस्तै विद्यालय, विश्व विद्यालय, कलेज ट्युसन सेन्टरहरु, तालिम केन्द्रहरुबाट भौतिक उपस्थितिमा कुनैपनि क्रियाकलाप गर्न पाइने छैन। भने, परम्परागत क्रियाकलापहरु २५ जना भन्दा बढीको उपस्थिति नरहने गरी संचालन गर्नुपर्ने छ।
प्रतिक्रिया लेख्नुहोस्:-