कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मनाङ मर्स्याङ्दी आहा रारा गोल्डकपको फाइनलमा

प्राइम न्युज प्राइम न्युज
५ महिना अगाडि

पोखरा, १३ माघ ।

पोखरामा जारी २०औं आहा रारा गोल्डकपको फाइनलमा मनाङ मर्स्याङ्दी पुगेको छ । विभागीय टिम त्रिभुवन आर्मीलाई टाइब्रेकरमा ४–३ ले हराउँदै मनाङले फाइनलमा स्थान बनाएको हो । अब मनाङले विभागीय टिम एपीएफसँग उपाधिका लागि भिड्ने छ ।

बुधबारो प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । तर, उक्त समयावधिमा पनि कुनै टिमले गोल गर्न सकेनन् । त्यसपछि टाइब्रेकरमा पुगेको खेल मनाङले बाजी मारेको हो ।

पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलको सुरुआती केही मिनेटमै मनाङ मर्स्याङ्दीले अग्रता लिने मौका गुमाएको थियो । खेलको ८ औं मिनेटमा कप्तान विमल राना पेनाल्टीमा चुक्दा मनाङले अवसर गुमाउन पुग्यो ।

खेलको ८औं मिनेटमा मनाङका खेलाडी अडेलजा सोमिडेले डिएरिया नजिकैबाट गरेको क्रसपास डिक्सभित्रै आर्मीका डिफेन्डर युद्ध शाहीको हातमा लाग्न पुगेको थियो । डिबक्स भित्रै ह्यान्ड भएपछि पेनाल्टी अवसर पाएको मनाङले सदुपयोग गर्न सकेन । त्यसपछि दुवै टिमले आफूले पाएका पटक–पटकका सुन्दर मौका अवसरमा परिणत गर्न नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो ।

यसअघि २०७२ सालको आहारारा गोल्डकपको फाइनलमा आर्मी र मनाङ मर्स्याङ्दी भिडेका थिए । उक्त खेलमा पनि मनाङसँग आर्मी १–० ले पराजित हुन पुगेको थियो । मनाङ आहा रारा गोल्डकपको सर्वाधिक विजेतामध्येमा पर्छ । मनाङले ६ पटक उपाधि चुम्दा जारी प्रतियोगितासँगै १२ पटक फाइनल यात्रा तय गरेको छ ।

मनाङ जारी सिजनमा पोखरा रंगशालामा शतप्रतिशत नतिजा ल्याउन सफल छ । पोखरामा हालै भएको शहीद स्मारक ए डिभिजन लिगका ३ खेलमा मनाङले हार व्यहोर्नु परेन ।

एपीएफ आहा रारा गोल्डकपमा १४ वर्षपछि फाइनल यात्रा पुगेको हो भने सर्वाधिक उपाधि विजेता बनेको मनाङ मर्स्याङ्दी आफ्नो विजेता इतिहासलाई कायम राख्ने दाउमा छ । उपाधिका लागि शनिबार पोखरा रंगशालामा मनाङमर्स्याङ्दी र एपीएफ मैदान उत्रिनेछन् । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

१ महिना अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

१ महिना अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

७ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

१ महिना अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

१ महिना अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

१ महिना अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

१ महिना अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य