पोखरा, १३ माघ ।
राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा बिहिवार पाँच दलीय गठबन्धनको समीक्षा बैठक बसेको छ । माघ १२ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु सुरेश आलेमगर, कमला पन्त, भुवनबहादुर सुनार शानदार ढंगमा विजयी हुनुभएकोमा उहाँहरुमा हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरिएको थियोे ।
बैठकले गठबन्धनको आवश्यकता र औचित्यतालाई थप पुष्टी गर्दै प्रजातन्त्र÷लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने पनि निश्कर्ष निकालेको छ ।
समीक्षाका सन्दर्भमा आफ्नो पक्षमा गम्भीर कमीकमजोरी रहन गएको हुँदा आ–आफ्नो पार्टीमा छलफल गरी यसलाई अनुशासनको विषयवस्तु बनाउने पनि निर्णय गरेको थियो ।
राष्ट्रिय सभाको निर्वाचनमा आफ्ना उम्मेदवारहरुलाई विजयी बनाउन मेहनतपूर्वक लाग्नुभएका नेता, कार्यकर्ता, मतदाता एवं आम जनतालाई धन्यवाद दिइएको थियो भने निर्वाचन सम्पन्न गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुनुहुने सबै निकायहरुलाई हार्दिक आभारसहित धन्यवाद् व्यक्त गरिएको थियो ।
निर्वाचित हुनुभएका सुरेश आलेमगर, कमला पन्त र भुवनबहादुर सुनारलाई देश जनता, प्रजातन्त्र÷लोकतन्त्र र संविधानको पक्षमा दृढतापूर्वक उभिन बैठकले अनुरोध गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-