पोखरा, १२ माघ ।
नेपालमा बुधबार ८ हजार ४५४ जना थपिँदा ४४३३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको २० हजार ३ सय ५९ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।
मन्त्रालयका अनुसार ५५७१ पिसिआर परीक्षणबाट र २८८३ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।पछिल्लो २४ भण्टामा ४४३३ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा ५ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। हाल देशभर ९० हजार ६७ जना कोरोनाका सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ९ सय जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा २०४१, भक्तपुरमा २९३ र ललितपुरमा ५६६ संक्रमित थपिएका छन्। यस्तै काठमाडौं उपत्यकामा ५५ हजार ८०९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ४००१२, ललितपुरमा १००६९ र भक्तपुरमा ५७२८ सक्रिय संक्रमित छन्।
प्रतिक्रिया लेख्नुहोस्:-