पोखरा, १२ माघ ।
आफ्नो जग्गा आफैले उपभोग गर्न पाउ भन्दै एक वृद्ध संघर्षरत रहेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३२ निवासी ७३ बषिय एकबहादुर भट्टराई करिब ३० वर्ष अगाडि देखि एउटा झमेलामा रुमलिएका हुन् ।
आफ्नो लालपुर्जामा भएको र आफुले तिरो तिरिरहेको आफ्नै जग्गालाइ आफ्नो हो भन्नका लागि उनले कडा संघर्ष गरिरहेका छन्। उनका अनुसार २०४७ साल ताका स्थानिय केहि व्यक्तिहरुले उनीसंग एक कृषि सहकारी संस्थाको भवन निर्माणको लागि उनकोे जग्गा माग गरेका थिए । उनलाई उक्त जग्गा दिए बापत त्यतिबेलाको एक पंचायत घर उनको नाममा पास गरिदिने लोभ पनि देखाए ।
तर यो तत्कालिन पंचायत घर गुठीको जग्गामा बनेका कारण उनको नाममा पास हुन भने सकेन । उनको यो जग्गामा सहकारीको घर बन्यो तर उनको नाममा पास गरिने भनिएको त्यो तत्कालिन पंचायत घर उनको नाममा पास हुन भने सकेन । अनि सुरु भयो उनको संघर्षको कथा । आफ्नो जग्गामा अरु कसैले हैकम जमाइदिएपछि उनले आफ्नो जग्गा आफैले उपभोग गर्न पाउ भनि न्यायालयलाई नगुहारेका पनि होइनन र न्यायालयले उनको पक्षमा फैसाला नगरेको पनि होइन । सर्बोच्च अदालतको संयुक्त इजलासले २०७३ सालमा उनको पक्षमा गरेको फैसाला थियो ।
तर त्यो फैसाला भएको पनि करिब ५ वर्ष बितिसक्यो एकबहादुर भट्टराइले आफ्नो जग्गा उपभोग गर्न पाएका भने छैनन्। करिब २ दसक देखि उनको यो जग्गामा बनेको भवनमा त्यहाँको स्थानिय “चइनपुर सातामुहाने खानेपानी उपभोता समितिले“ जरो गाडेर बसिरहेको छ। अचम्मको कुरा त के छ भने उनकै जग्गामा कार्यालय संचालन गरेको खानेपानी उपभोता समितिले उनैलाई खानेपानी उपलब्ध गराएको छैन। आफुलाई पिडित भनेर दाबि गरिरहेका एकबहादुर भट्टराइका छोरा खिमबहादुर भट्टराइले जग्गा हाम्रो भनिदिने घर सरकारको भनिदिने निर्णय कसले गरिदिने भन्दै समाजिक न्यायको माग गरेका छन्।
यता खानेपानी उपभोत्ता समितिले पनि यो जग्गा एकबहादुर भट्टराईकै हो भन्नेमा कुनै बिबाद नभएको स्वीकार गरेको छ । अब बिबाद जग्गाको छैन बिबाद मात्र घरको छ, यो जग्गा कसरी खाली गर्ने र यो सरकारी संरचना कसले र कसरि भत्काउने भन्नेमा अन्यौलता छ । समितिका कोषाध्यक्ष केशबराज पंगेनीले खानेपानी उपभोता समितिलाइ एकबहादुर भट्टराइले चार आना जग्गा दिए त्यो घर भत्काइदिने बताउछन । उनले भने— हामीलाई चार आना जग्गा दिनुहोस हामी त्यो घर भत्काइदिञ्छौ । यस खानेपानी उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीकान्त सापकोटाले स्थानिय सरकारले उक्त जग्गा छाड्न भनेमा समितिले तत्काल त्यो जग्गा छाड्ने बताएका छन् ।
यता पोखरा महानगरपालिका वडा नं. ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले वढीमा ३ वर्षमा त्यहाँको खोनेपानी योजना सम्पन्न हुने भन्दै त्यो भित्रमा भवनहरु बन्छ, भवनहरु बनेपछी अर्को घरमा उनीहरु बस्ने जनाएका छन् । त्यसपछि जग्गा धनी र जनतालाई बोलाएर खानेपानी समितिलाई ठाउ पाएपछि अब त्यो ठाउँ छोड्दिन आग्रह गर्दै सहमति गर्ने प्रयास गर्ने उनको भनाई छ । उनका अनुसार वडाध्यक्षको कुर्सीमा बसेपछि राज्यको सम्पत्ती डोजर लगाएर फाल भन्न मिल्दैन् । त्यसलाई मुल्याङकन गरेर एउटा लीलामी बिक्रीको हिसाबले जानुपर्ने कार्कीले उल्लेख गरे । राज्यलाई पनि घाटा नहुने र व्यक्तिलाई पनि असर नपार्ने तरिकाले त्यसलाई लीलाम बिक्री गरेपछि उक्त जग्गा सम्बन्धित व्यक्तिको स्वामित्वमा जाने उनको भनाई छ ।
वडाध्यक्ष कार्कीका अनुसार जग्गा धनी एकबहादुर भट्टराईले आफ्नो जग्गा उपभोग गर्नको लागि अझै ३ वर्ष कुर्नुपर्ने भएको छ । एक जना नागरिकले आफ्नै लालपुर्जामा भएको, आफैले तिरो तिरिरहेको आफ्नै जग्गा आफैले उपभोग गर्नको लागि यतिधेरै संघर्ष गर्न नपर्ने हो, तर विडम्वना !
प्रतिक्रिया लेख्नुहोस्:-