कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मनाङ सेमिफाइनलमा प्रवेश

प्राइम न्युज प्राइम न्युज
५ महिना अगाडि

पोखरा, ०९ माघ ।

पोखरामा जारी २० औँ संस्करणको आहा–रारा गोल्डकपमा मनाङ मर्स्याङदी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको क्वार्टरफाइनल खेलमा मनाङले नेपाल पुलिसलाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा सुनिश्चित गरेको हो ।

पुलिसको कमजोर डिफेन्स लाइनको फाइदा उठाउँदै मनाङले नतिजा आफ्नो पक्षमा पा¥यो । नाइजेरियन फरवार्ड आफिज ओलावालेको सशक्त प्रदर्शन मनाङका लागि बलियो पक्ष बन्यो । उनले एक गोल गरे भने अर्को गोलमा असिस्ट गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगियो । दुवै टोलीबाट उल्लेखनीय प्रहार हुन सकेनन् । खेलको ६४ औं मिनेटमा रुपेश केसीले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । पुलिसका हेमन्त श्रेष्ठको ब्याक पासलाई अजित भण्डारीले क्लियर गर्न नसक्दा आफिजले बल कलेक्ट गर्दै रुपेशलाई उपलब्ध गराए ।

पेनाल्टी बक्सभित्र अजितको गम्भीर गल्तीको फाइदा लिँदै रुपेशले तीन डिफेन्डर र गोल रक्षकबीचबाट गरेको प्रहार गोलमा परिणत भयो । खेलको ८४ औं मिनेटमा जुमानु राईले बराबरीमा पु¥याएर पुनरागमन गर्ने अवसर चुकाए । पेनाल्टी बक्सबाटै वान टचमा प्रहार गर्नुपर्ने बलमा उनले होल्ड गर्दा सुवर्ण अवसर गुम्यो ।

त्यसलगत्तै ओलावालेले काउन्टर अट्याकमा डिफेन्सलाई बिट गर्दै एक्लै बल अगाडि बढाएर अशोक थापा मगरलाई पास दिए । अशोकको शक्तिशाली प्रहारलाई गोलरक्षक सञ्जित श्रेष्ठले उत्कृष्ट बचाउ गरेका थिए । रिबाउन्डमा पुनः अशोककै हेड पासमा राजेश परियारको प्रहार अकासिएको थियो ।

८७ औं मिनेटमा ओलावालेले गोल गर्दै अग्रता दोब्बर बनाएर मनाङको जित निश्चित गरे । पुलिसका भोला सिलवालले लय गुमाउँदा ओलावालेले बल छिने । खोसेको बललाई एक्लै अगाडि बढाएर भोला र अजितलाई बिट गर्दै गोलरक्षक अगाडि बढेको अवस्थामा सुन्दर गोल गरे ।

ओलावाले म्यान अफ दी म्याच भए । दुवै टिम समान ६ वटा उपाधि विजेता हुन् । क्याराभान गोल्डकपमा भने पुलिसले उपाधि उचालेको थियो । ‘ए’ डिभिजन लिग अन्तर्गत गत पुसमा मनाङले आफ्नो होम ग्राउन्ड पोखरा रंगशालामा पुलिसलाई ३–१ ले हराएको थियो ।

मनाङले मंगलबार हुने त्रिभुवन आर्मी र थ्री स्टार क्लबको विजेतासँग सेमिफाइनल खेल्ने छ । सोमबार प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा डिफेन्डिङ च्याम्पियन संकटा र जारी लिगको शीर्ष टोली मछिन्द्रबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

१ महिना अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

१ महिना अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

७ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

१ महिना अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

१ महिना अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

१ महिना अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

१ महिना अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य