कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तनहुँ जलविद्युत आयोजना निरीक्षणमा मुख्यमन्त्री पोख्रेल

स्थानीयलाई समेटेर समयमै काम सक्न निर्देशन

प्राइम न्युज प्राइम न्युज
५ महिना अगाडि

पोखरा, ०८ माघ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले निर्माणाधीन तनहुँ जलविद्युत् आयोजना निरीक्षण गरेका छन् । तनहुँको सेती नदीमा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको यो नेपालकै दोस्रो जलासययुक्त परियोजना हो । जलासययुक्त परियोजना खुलेखानी बनेको ४० वर्षपछि तनहुँमा यो परियोजना सुरु भएको हो ।

मुख्यमन्त्री पोखरेलले यति ठूलो परियोजनाले तात्कालिक र दीर्घकालीन रुपमा ठूलो प्रभाव पार्ने भन्दै प्रभावित क्षेत्रका बासिन्दालाई समेटेर काम अगाडि बढाउन आग्रह गरे । उनले भने, ‘मुलुकको भविष्यसँग जोडिएको यो परियोजना अगाडि बढिसकेको छ, प्रभावित क्षेत्रका बासिन्दाहरु कति विस्थापित होलान्, वातावरणीय असर पर्ला त्यसको आँकलन गरेर समस्या समाधान गर्दै अगाडि बढ्नुहोला । विस्थापित हुनेहरुले पनि गर्ब गर्न गरी योजना सञ्चालन गर्दा त्यसमा सबैले अपनत्व महसुस गर्न सक्ने उनको भनाइ थियो ।

ढिलो गरी सुरु भए पनि भइरहेको कामको गति सन्तोषजनक रहेको उनले बताए । मुख्यमन्त्री पोखरेलले डाइभर्सन, बाँध, पहिलो प्याकेज अन्तर्गगतका संरचना निर्माणस्थल, विद्युत उत्पादन गृह लगायत अवलोकन गरेका थिए । उनले भने, ‘प्रकृतिको सदुपयोगका लागि विज्ञानको जरुरत पर्दोरहेछ, पहिला जे भए पनि अब यो परियोजना जतिसक्दो छिटो सक्न उनले निर्माण पक्षलाई निर्देशन दिए ।

अनुगमनमा सहभागी गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले जलासययुक्त परियोजना अहिले अपरिहार्य रहेको भन्दै यसको निर्माणका क्रममा धेरै पक्षमा ध्यान पु¥याउन आग्रह गरे । विभिन्न दातृ निकायको सफ्टलोनमा परियोजना बनिरहेकाले यसको वातावारणीय, सामाजिक प्रभावका बारेमा अध्ययन भए पनि कार्यान्वयन हुन भनेको नसकेको गुनासो आएको उनको भनाइ थियो । सेती नदीले बगाएर ल्याउने ढुंगा बालुटा गिटीका मात्रा बढी हुने भन्दै परियोजनास्थलभन्दा माथि नै यसलाई कसरी व्यवस्थित बनाउने भन्ने बारेमा अहिले नै सोच बनाउन उनको आग्रह थियो ।

उक्त अवसरमा आयोजनाका प्रबन्ध–सञ्चालक किरणकुमार श्रेष्ठले निर्माण कार्यमा भइरहेको प्रगतिबारे जानकारी गराएका थिए । परियोजनाकै अंशका रुपमा ग्रामीण विद्युतीकरणदेखि पर्यावरणीय र सामाजिक अध्ययनका कार्यहरु भइसकेर त्यही अनुसार काम भइरहेको उनको भनाइ थियो । परियोजनाका कार्यकारी प्रबन्धक राजभाइ सिल्पकारले परियोजनाको सुरुदेखि हालसम्मको कार्यप्रगतिका बारेमा जानकारी गराए ।

जलासययुक्त तनहुँ जलविद्युत परियोजनाको काम ३ प्याकेजमा विभाजन गएिको छ । पहिलो प्याकेजअन्तर्गत १ सय ४० मिटर अग्लो ड्याम निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाम÷कालिका कन्सट्रक्सन प्रालि नेपालले संयुक्त रुपमा काम गरिरहेका छन् । जस अन्तर्गत बाँध निर्माण गरी नदी फर्काउने काम हुनेछ ।

दोस्रो प्याकेज अन्तर्गत परियोजनाको सुरुङ, विद्युत् उत्पादन गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन पर्छन् । यसका लागि ठेकेदार कम्पनीले केबुल सुरुङ, एक्सेस सुरुङ निर्माण सकेर अहिले विद्युत उत्पादन गृहको काम गरिरहेको छ ।

तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २ सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । अहिलेसम्म ३५ वटा टावरको जग खनिसकेको र १६ वटा टावर ठडाइएको छ कार्यकारी प्रबन्ध इन्जिनियर सिल्पकारले जानकारी गराए । परियोजनाको सबै काम विसं २०८३ असारभित्र सक्ने लक्ष्य छ ।

परियोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर अर्थात ५० अर्ब नेपाली रुपैयाँ छ । जसमा एसियाली विकास बैंकले १५ करोड, जाइकाले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । वित्तीय व्यवस्थापनका लागि कम्पनी खडा गरिए पनि यो परियोजना नेपाल विद्युत प्राधिकरणको आफ्नै हो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

१ महिना अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

१ महिना अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

७ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

१ महिना अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

१ महिना अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

१ महिना अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

१ महिना अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य