कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तमु साँस्कृतिक प्रतिष्ठानको २१ औं वार्षिकोत्सवमा स्रष्टाहरु सम्मानित

तमु धिं युकेको पहलमा १५ जना विद्यार्थीका लागि अक्षयकोष रकम हस्तान्तरण

प्राइम न्युज प्राइम न्युज
५ महिना अगाडि
पोखरा, ८ माघ

“उच्च शिक्षा, हाम्रो लक्ष्य” नाराका साथ स्थापित तमु साँस्कृतिक प्रतिष्ठान नेपालको शनिवार पोखरामा २१ औं वार्षिकोत्सव, स्रष्टा सम्मान एवम विद्यार्थी पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि तमु धिं युकेका अध्यक्ष हित काजी गुरुङले शिक्षाको क्षेत्रमा अत्यन्तै अनुकरणीय अभियानको थालनी गरेको तमु साँस्कृतिक परिवारले तमु धिं युकेलाई सहकार्यको अवसर दिएकोमा धन्यवाद व्यक्त गर्नुहुदै असल कार्यका लागि तमु धिंको सधै साथ रहने बताउनुभयो। उहाँले उच्च शिक्षा हाम्रो लक्ष्यका साथ ग्रामिण भेकका गरिब तथा जेहेन्दार विद्यार्थीलाई शिक्षाप्रति अग्रसर गराउने उद्धेश्यसहितको प्रतिष्ठानको अभियानमा साथ दिनकै लागि तमु धिं युकेले वार्षिक क्यालेण्डरमै कार्यक्रम गरिरहेको छ, त्यसैको परिणाम यसवर्ष पनि १५ जना विद्यार्थीका लागि अक्षयकोषको रकम हस्तान्तरण गर्न सफल भएको बताउनुभयो।
कार्यक्रममा पार्वता तमु स्मृति पुरस्कारबाट कलाकार चलचित्रकर्मी÷ओमप्रकाश गुरुङ १० हजार नगदसहित सम्मानित, तमु भाषा र साहित्य क्षेत्रमा विशेष योगदान पुर्याउनु भएका लमजुङका आसबहादुर गुरुङ नगद २० हजारसहित घनबहादुर तमु स्मृति पुरस्कार, गीत संगीत क्षेत्रमा योगदान पुर्याउनु भएका संगीतकार सुनिल थापा १०  हजार नगदसहित क्याप्टेन मिनबहादुर तमु स्मृति पुरस्कारबाट सम्मानित हुनुभयो। यसरी नै जनही १०÷१० हजार रुपैयासहित उत्कृष्ठ आमा पुरस्कारबाट एसइइमा ४ जिपीए प्राप्त गरेका कृष्टिना गुरुङको आमा कृष्ण कुमारी गुरुङ र ४ जिपिए नै प्राप्त गरेको प्रज्वल गुरुङको आमा इन्द्रकुमारी गुरुङ सम्मानित हुनुभएको थियो। सम्मानित व्यक्तित्वहरुलाई प्रमुख अतिथि तमु धिं युकेका अध्यक्ष हित काजी गुरुङ, प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङ, अक्षयकोषदाता एवम प्रतिनिधीहरुबाट सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरुको बारेमा प्रतिष्ठानका निवर्तमान अध्यक्ष हितकाजी गुरुङ, सल्लाहकार तेजबहादुर चाक्ली, कार्यसमिति सदस्य लोकबहादुर गुरुङ लगायतले परिचय गराउनुभएको थियोभने गण्डकी प्रज्ञा प्रतिष्ठान प्रज्ञा परिषद सदस्य प्राज्ञ सुरेन्द्र गुरुङ, प्रज्ञा सभा सदस्य जसु गुरुङलाइ पनि प्रतिष्ठानले सम्मान गरेको थियो।
उक्त कार्यक्रममा गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न तमु धिं युकेको पहलमा विभिन्न अक्षयकोषदाता व्यक्ति र संस्थागत रुपमा १५ जना विद्यार्थीका लागि अक्षयकोषको रकम १८ लाख ७५ हजार रुपैया तमु धिं युकेका अध्यक्ष हित काजी गुरुङ लगायत अध्यक्षकोषदाताहरुले प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङलाई हस्तान्तरण गरिएको थियो। अक्षयकोषदाताहरुलाई प्रतिष्ठानले सम्मान गरेको थियो।
प्रतिष्ठानको अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष तथा सल्लाहकार चिजकाजी गुरुङले स्वागत मन्तव्य, प्रतिष्ठानका संस्थापक एवम पुर्व अध्यक्ष, गण्डकी खेलकुद परिषदका सदस्यसचिव तेजबहादुर गुरुङ, तमु धिं युकेका वरिष्ठ उपाध्यक्ष हरि गुरुङ, सल्लाहकार, गीतकार संगीतकार एकेन्द्र गुरुङ, साहारा युकेका संस्थापक अध्यक्ष नबिन गुरुङ, सम्मानित स्रष्टा आसबहादुर गुरुङ, उत्कृष्ठ अंक प्राप्त गरेका प्रज्वल गुरुङ, छात्रवृत्ति प्राप्त विद्यार्थीहरुको संस्था तमु विद्यार्थी समितिको तर्फबाट हसिला गुरुङले मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानको प्रसंशा गर्नुभएको थियो।
कार्यक्रममा प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त विद्यार्थीहरुको संस्था तमु विद्यार्थी समितिका कलाकारहरुले साँस्कृतिक प्रस्तुति गरेका थिए भने कार्यक्रम संचालन प्रतिष्ठानका सचिव भेषराज गुरुङ, छात्रवृत्ति प्राप्त विद्यार्थीहरु नबिन गुरुङ र स्नेह गुरुङले गर्नुभएको थियो। 

—

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

६ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

४ हप्ता अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

४ हप्ता अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य