Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

तीन वटै तहको निर्वाचनको पूर्वतयारी गर्न प्रधानमन्त्रीको आग्रह

प्राइम न्युज प्राइम न्युज
४ महिना अगाडि
तीन वटै तहको निर्वाचनको पूर्वतयारी गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं, ०७ माघ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान बमोजिम एक वर्षभित्रै सबै तहको निर्वाचन गर्नुपर्ने दायित्वमा सरकार सचेत रहेको बताएका छन् । गठबन्धन सरकारले ६ महिना पूरा गरेको अवसरमा आज राष्ट्रको नाममा सम्बोधन गर्दै उनले निर्वाचनको संवैधानिक दायित्वबाट सरकार पछाडि नहट्ने बताएका हुन् । एक वर्षभित्र निर्वाचन गर्नुपर्ने सरकारको दायित्व रहेको भन्दै पूर्वतयारीमा लाग्न उनले सरोकारवालालाई अनुरोध समेत गरेका छन । प्रधानमन्त्री देउवाले अबको एक वर्षभित्र तीनै तहको निवार्चन सम्पन्न हुने बताए ।

प्रतिपक्षी दलले सरकार निर्वाचन नगर्ने षडयन्त्र गरिरहेको आरोप लगाइरहेको समयमा उनले संविधान बमोजिम नै निर्वाचन हुने प्रतिवद्धता व्यक्त गरेका हुन्। उनले संसदमा रहेका सबै राजनीतिक दलहरुबीच संवाद र सहमति जुटाउन सरकार प्रतिवद्ध रहेको बताए । संसदमा विचाराधीन सबै विषयमा संसदमा रहेका सबै दलहरुसँगको संवादका आधारमा निष्कर्षमा पुग्नुपर्नेमा उनको जोड थियो ।

विस्तृत शान्ति सम्झौताको बाँकी कार्यभार पुरा गर्ने तर्फ सरकार अग्रसर रहेको पनि प्रधानमन्त्री देउवाले बताए । उनले कोभिड १९ को संक्रमण र तेस्रो लहर नियन्त्रणका लागि तीनै तहका सरकारबीच समन्वय बढाइएको पनि दाबी गरे । सकेसम्म जनजीवनमा कम असर गर्ने गरी व्यवस्था मिलाइने उनको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले सुरक्षाका मापदण्डको पूर्ण पालना गर्दे कोभिडविरुद्ध लड्नु पर्ने पनि बताए । कोभिड नियन्त्रणलाई रोकथाम गर्न खोपनै जरुरी रहेको बताउँदै खोप अभियान जारी रहेको बताउँदै उनले उपचार व्यवस्थालाई चुस्तदुरुस्त बनाएको उल्लेख गरे । ६५ प्रतिशत नागरिकलाई कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाइएको र चैत्रभित्र सबै नागरिकलाई खोप उपलब्ध गराउने उनले दोहो¥याए । उनले पाँच बर्षमाथिका बालबालिकालाई पनि छिट्टै खोप उपलब्ध गराउने बताए ।

कोभिड रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारबीच समन्वय बनाइएको भन्दै उनले अर्थतन्त्र र सामाजिक कृयाकलामा सकेसम्म काम असर पर्नेगरी व्यवस्था मिलाइने जानकारीसमेत प्रधानमन्त्री देउवाले दिए । प्रधनमन्त्री शेरबहादुर देउवाले किसालनलाई मल, बिउ र विद्यालय तहका विद्यार्थीलाई निःशुल्क पुस्तक वितणको व्यवस्था मिलाएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि आर्थिक क्रियाकलापमा तीव्र विस्तार भएको दाबी गरे । आफ्नो नेतृत्वमा सरकार बनेपछि आर्थिक र सामाजिक क्रियाकलापमा सुधार भएको उनले उल्लेख गरे ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

२० घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

२० घण्टा अगाडि

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

थप ६ जनामा कोरोना संक्रमण

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

२० घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

२० घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

२३ घण्टा अगाडि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

२३ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित
  • पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In