Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

गण्डकीका नाकामा होल्डिङ सेन्टर बनाइने

प्रदेशको सबै शक्ति कोरोना नियन्त्रणमा जुटेको छ ः मुख्यमन्त्री पोखरेल

प्राइम न्युज प्राइम न्युज
४ महिना अगाडि
गण्डकीका नाकामा होल्डिङ सेन्टर बनाइने

पोखरा, ०६ माघ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोभिडको तेस्रो लहर रोकथाम र नियन्त्रणका लागि जनशक्ति, अक्सिजन प्लान्टदेखि अस्पतालको व्यवस्थापनमा प्रदेश सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् । कोभिडको तेस्रो लहर नियन्त्रणका लागि नेपाल सरकारले पुस ३० गते जारी गरेको आदेश कार्यान्यनका लागि प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको भर्चुअल बैठकमा मुख्यमन्त्री पोखरेलले भने, ‘महामारी नियन्त्रणमा हामीले सक्दो प्रयास गरेका छौं, कहिँकतै जनशक्ति अभाव नहोस् भनेर त्यही अनुसार व्यवस्थापन गरेका छौं ।’

नवलपुर लगायत जिल्लामा ल्याबको जनशक्ति नहुँदा पिसिआर परीक्षण रोकिएको खबर पाए लगत्तै २ कर्मचारी पठाएको र बिहीबारबाटै उनीहरुले काम थाल्ने मुख्यमन्त्रीको भनाइ थियो । तेस्रो लहरको नियन्त्रणकै लागि प्रदेश सरकारले ३ सय ५० जना स्वास्यकर्मी करारमा लिएर सम्बन्धित अस्पतालहरुमा पठाइएको उनले बताए ।

महामारीका बेला अक्सिजन प्लान्ट दुरुस्त राख्न, आइसोलेसन बेड र अपस्पतालहरु तयारी हालतमा राख्न पनि उनले निर्देशन दिए । प्रदेश प्रवेश गर्ने ठाउँ राम्दी र आँबुखैरेनीमा हेल्प डेस्क सुरु भइसकेको र अब छिटै नै होल्डिङ सेन्टर सञ्चालनमा ल्याइने पनि मुख्यमन्त्री पोखरेलेको भनाइ थियो । भारतबाट प्रदेश प्रवेश गर्ने त्रिवेणी नाकामा समेत कर्मचारी खटाएर हेल्प डेस्क सुरु भइसकेको छ । बाहिरी मुलुक खासरी भारतबाट गाडीमा यस प्रदेशमा आउनेको संख्या उल्लेख्य रहेकाले उनीहरुको स्वास्थ्य परीक्षण र खोप कार्ड निरीक्षणलाई सरकारले कडाइ गरेको छ ।

मुख्ममन्त्री पोखरेलले मंगलबार धवलागिरी अस्पताल निरीक्षण गरी त्यहाँको अवस्थाका बारेमा जानकारी लिएका थिए । पोखराका केही अस्पतालहरुले कोभिडका बिरामीको उपचारका नाममा अहिले पनि ठूलो रकम असुल गरिरहेको अनौपचारिक तबरबाट खबर आएको भन्दै महामारीका नाममा कोही कसैले नाफा केन्द्रित कार्य नगर्न अनुरोध समेत गरे । यसका लागि जिल्ला प्रशासन कार्यालयमाफत् अनुगमन गरिने मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।

कार्यक्रममा प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले तेस्रो लहरको अवस्था र खोप वितरणको विवरणबारे प्रस्तुती राखेका थिए । सामाजिक, पारिवारिक अनि राजनीतिक गतिविधिका कारण महामारी फैल्याउन ठूलो भूमिका खेलेको भन्दै यसमा रोक लगाउन जरुरी रहेको उनीहरुको भनाइ थियो । मनाङमा अहिले शून्य संक्रमित रहेको र यस अवस्थालाई कायम राख्न सक्दो प्रयास भइरहेको मनाङका प्रजिअ रवीन्द्र आचार्यले बताए । मनाङमा एक्सरे मेसिन बिग्रिए पनि जडान हुन नसकेकोबारे उनले प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

यसैगरी लमजुङमा अक्सिजन प्लान्ट मर्मत् गर्नुपर्ने, २ वटा सामुदायिक अस्पतालहरुमा औषधी र अन्य सामग्री प्रदेश सरकारले उपलब्ध गराउनुपर्ने त्यहाँका प्रजिअले जानकारी गराएका छन् । स्याङ्जामा थप अक्सिजन प्लान्ट स्थापनाका लागि बिजुलीको लाइन अभाव रहेको, नाकामा होल्डिङ सेन्टर बनाएको खण्डमा बिरामीलाई घरसम्म पु¥याउनका लागि सवारी साधनको व्यवस्था गर्नुपर्ने त्यहाँका प्रजिअ राजुप्रसाद पौडेलले बताए । गोर्खाका मठमन्दिरमा नित्यपूजा वाहेक सर्वसाधारणका लागि रोक लगाइएको, डेडिकेटेड बेड, एम्बुलेन्स लगायतको प्रवन्ध मिलाइएको प्रजिअ शंकरहरि आचार्यले बताए । पर्वतमा निशेधाज्ञा जारी गरिएको, मुस्ताङ प्रवेशमा कडाइ गरिएको त्यहाँका प्रजिअहरुले जानकारी गराएका छन् ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले प्रदेश सरकारले जनशक्ति व्यवस्थापनदेखि, होल्डिङ सेन्टर निर्माण, औषधी र उपचारको प्रबन्ध गरिहेको बताइन् । यो महामारी व्यवस्थापनका लागि ३ तहकै सरकार एकाकार भएर लाग्नुपर्ने भन्दै समन्वयका लागि प्रदेश सरकारले काम गरिरहेको उनको भनाइ थियो । प्रदेशका प्रमुख सचिव रवीलाल पन्थले प्रदेशमा थप जनशक्ति परिचालन गरी पिसिआर परीक्षणलाई तीब्र बनाइएको बताए । अब सर्वसाधारण सबैले स्वास्थ्य मापदण्ड अपनाएर दैनिक क्रियाकलाप गर्न उनले सर्वसाधारणसँग आग्रह गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले अहिले बिरामीहरु होम आइसोलेसनमा बस्ने क्रम बढेको र उनीहरुलाई टेलिफोनमार्फत् सेवा प्रदान गर्दै आएको जानकारी गराए । स्वास्थ्य निर्देशनालयका निर्देशक खीमबहादुर खड्काले प्रदेशमा कोभिडको अवस्था र रोकथामका लागि सरकारका तर्फबाट गरिएको काम र तयारीका बारेमा जानकारी गराएका थिए । बैठकमा गण्डकीका पालिकाहरुका प्रतिनिधि, स्वास्थ्य कार्यालयका प्रमुखसहित सहभागी थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

२ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

२ दिन अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

२ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

२ दिन अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

२ दिन अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

२ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In