पोखरा, ०५ माघ ।
सरकारले एक घर, एक धाराको अभियानलाई थालेको धेरै भयो । धेरै ठाउँमा खानेपानीको पहुँच पुगेर जनता दंग छन् । तर केही यस्ता ठाउँ पनि छन्, जहाँ खानेपानी कै लागि आफ्नो दनिकी पानीको लाइनमा गुजार्नु पर्दछ । निर्वाचन आउदा नेताहरुले यो पूरा गर्दिन्छु, त्यो पूरा गर्दिन्छु भनेर सपना मात्र बाँडेर जान्छन्, जनताको समस्या भने जही को त्यही हुन्छ ।


यस्तै एउटा गाउँ छ, जहाँका स्थानिय वर्षौदेखि तिर्खाएर बसेका छन् । त्यो गाउँ हो स्याङ्जा वालिङ्ग नगरपालिका वडा नम्बर १२ सिर्सेकोट गाउ । त्यहा करिब ४२ घरधुरी छन । खानेपानीको अभावकै कारण गाउँको जिविकोपार्जन निकै कस्टकर बनिरहेको छ । त्यहाका स्थानीयहरूको दैनिकि गाउदेखि निकै तल पर्ने कुवाबाट सुरु हुन्छ । स्थानीयहरू १÷२ गाग्री पानीको आसमा बिहान ४ बजे देखिनै कुवामा लाइन लाग्ने गर्दछन। यो पुस माघको जाडोमा अझै जाडो बढाउन कहिले काही आउने आकासेपानी पनि उनीहरुका लागि निकै ठुलो कुरा हो । रात होस् या दिन, पानी पर्ने बित्तिकै उनीहरु आकासेपानी जम्मा गर्न तर्फ लाग्छन। स्थानियहरु राति नै कुवामा लाइन लाग्छन् भने त्यहाँका टोलका संयोजक श्याम गुरुङले धारा खोलिदिने गर्छन् । त्यस कुवावाट प्रति घर २ गाग्री मात्र पानी स्थायिनले पाउँछन् । घरयासी प्रयोगका लागि सामान्य तरकारी खेति पनि त्यो गाउका मानिसहरुका लागि असम्भब जस्तै नै छ कारण पानीको अभाब ।
गाउ घरको अफ्ठ्यारो बाटो, उकालो ओरालो जेष्ठ नागरिकका लागि यसै कस्टकर हुन्छ यसैमाथि थाप्लोमा गाग्रीको भारी बोकेर उकालो ओरालो गर्न जेष्ठ नागरिकहरुका लागि निकै अफ्ठ्यारो छ। सिर्सेकोटवासीहरु बर्सौ देखि खानेपानीको लागि तिर्खाइरहेता पनि पानीको चरम अभाब खेपिरहेका छन् । गाउमा खानेपानीको योजना नपरेको भने होइन । तर दुखको कुरा योजना आयो तर पानी नआएको स्थानियको भनाई छ । पानीको आयोजनाको लागि ठुलाठुला ट्यांकी नबनेको होइन, तर ट्यांकीमा पानी नभएर कमिला लर्को र माकुराको जालो मात्र छ । खानेपानी आयोजना सुरुवात भएको २ वर्ष पुरा भयो तर अहिले काम ठप्प छ। यसको विषयमा वालिङ्ग नगरपालिका १२ का वडाध्यक्ष दानबहादुर गुरुङसँग कुराकानी गर्दा गुरुङले खानेपानी योजनाको काम गरिरहेका व्यक्ति शुसिल खनाललाई फोनबाटै समयमै काम सक्न अनुरोध गरेका थिए ।
यसैविच सरकारले गठन गरेको खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीपती पौडेलले एउटै योजनाको रुपमा जादा उपभोक्ता समितिमार्फत यस्ता योजना सम्पन्न गर्न गाह्रो हुने भन्दै समितिले एक वर्षमा १ करोडभन्दा बढीको काम गर्न नसक्ने बताएका छन् । उनले सिर्सेकोट खानेपानी योजना ३५ करोडको भएकोले यो योजना परिवर्तन गरेर अलग अलग योजना बनाउन आग्रह गरिरहेको बताए । ठूलो बजेटको योजना सम्पन्न गर्न टेण्डरमार्फत जानुपर्ने पौडेलको भनाई छ । कोभिडको कारण र समयमै रकम भुक्तानि नहुदा योजना सम्पन्न गर्न नसकेको उनको बुझाई छ ।
यता संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराका सिईओ शेखरचन्द्र केसीले यो आयोजना सुरु भएको करिब दुई भएको जानकारी दिदै आयोजना रातो किताबमा लामो नाम गरेर वालिङ नगरपालिकाका विभिन्न वडाहरु समेट्ने गरेर खानेपानी सेवा नियमन तथा पुनस्र्थास्थापना कार्यक्रम भनेर आएको योजनालाई डिपीआर गरेर अगाडी बढाएको बताए । सिर्सेकोटवासीले खानेपानी नपाउनुको मुख्य समस्या बजेटको समस्या रहेको बताउदै केसीले धेरै योजना र कम बजेट कारण ढिला भएकोले छिटै खानेपानी समस्या समाधान हुने आश्वासन दिएका छन् । आयोजनाको भैतिक प्रगति ५० प्रतिशत सम्पन्न भइसकेकोेले छिटै आयोजना सम्पन्न हुने केसीको अनुमान रहेको छ । यो आयोजना टेण्डरमा लाने सोच भएको बताउँदै केसीले योजना छिटै सम्पन्न गर्न विभागमा परिपत्र गरिसकेको जनाएका छन् । उनले अबको आर्थिक वर्ष सम्ममा सिर्सेकोटवासीको समस्या समाधान हुने दाबी गरे ।
सरकारले समयमै खानेपानीको समस्यालाई सम्बोधन गर्दिउन भन्ने सिर्सेकोटवासीले अपेक्षा गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-