पोखरा, ०४ माघ ।
पोखराको ठूलो फुटबल प्रतियोगिता आहा रारा गोल्डकप बिहिबारदेखि सुरु हुने भएको छ । कोभिड–१९ संक्रमण तीब्र भएकै बेलामा यो प्रतियोगिता सुरु हुने भएको हो ।
आयोजक सहारा क्लब पोखराले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिता सञ्चालनको जानकारी गराइएको हो । बिहिबारदेखि सुरु हुने भएको खेलमा दर्शक भने हेर्नको लागी प्रवेश निषेध गरीएको छ । खेल हेर्नका लागि ग्यालेसी टिभी मा प्रत्यक्ष प्रसारण मार्फत मा हेर्न सकिने आयोजकले बताएको छ । कोरोना अलि कम हुदै गयो भने सेमी फाईनल र फाईनल कोभिड कार्ड भएमा स्टेडियममा गएर हेर्ने व्ययस्था मिलाउने साहरा क्लवका अध्यक्षले बताए । क्षमताको तुलनामा एक तिहाई मात्र दर्शक राखेर प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ ।


२०औँ संस्करणमा १० टीमको सहभागिता रहनेछ । आयोजक सहारासहित मनाङ मर्स्याङ्दी क्लब, थ्रिस्टार क्लब, मच्छिन्द्र क्लब, त्रिभुवन आर्मी, संकटा, नेपाल पुलिस, एपिएफ, बीवाईसी, हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार पुरस्कार पाउनेछन् । आहा रारा गोल्डकप ठूलो प्रतियोगिता हो ।
प्रतियोगिताबाट आम्दानी रकम क्लबले सञ्चालन गर्दै आएको एकेडेमीमा खर्च गर्नेछ । एकेडेमीमा विभिन्न १४ जिल्लाका २४ जना आश्रित छन् । १९औँ संस्करणको उपाधी संकटा क्लबले जितेको थियो । उद्घाटन खेलमा आयोजक सहारा र एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-