पछिल्लो समय बिभिन्न राजनितिक दलका महाधिबेसनहरु सम्पन्न भए । उक्त कार्यक्रमहरुमा शिक्षकहरुको बाक्लो सहभागिता देखियो भने केहि शिक्षकहरुले त कार्यकारिणी पद समेत धारण गर े। शिक्षा नियमावलीले नेपाल सरकारका शिक्षकहरु कुनै पनि राजनीतिक दलको कार्यकारिणी पदमा रहन नपाउने स्पस्ट ब्यबस्था उल्लेख गरेको छ। तर पोखरा महानगरपालिका १० कालिका मा बि कि शिक्षिका बिजयालक्ष्मी कोइराला ले नेपालि कांग्रेसको जिल्ला कार्यसमितिको पदभार ग्रहण गरिरहेकी छन्।
यति मात्रै नभएर उनि नेपाली कांग्रेस को १४ औ महादिबेसनामा बिद्यालयमा लगातार ११ दिन बिदा लिएर बिधालयको पठनपाठनलाइ प्रभाबित पारिन । अहिले सम्म एक चोटि मात्र पढाउनुभएको बिधार्थिहरु बताउछन। मिस नेता बन्न लाउनुभेका कारण हाम्रो पढाइ नभएको बिधार्थिहरु बताउछन। बिद्यालयका प्रधानाध्यापक बलराम गिरीले यो बिसयलाई ब्यबस्थापन समितिमा लैजाने कुरा जनाएका छन् भने बिधालय ब्यबस्थापन समितिका अध्यक्ष दिपक बहादुर थापाले बिधालय ब्यबस्थापन समितिको बैठक बसी आवस्यक कारबाही अगाडी बढाउने बताए ।
एता पोखरा महानगरपालिका ४ नबिन माध्यमिक बिधालयका प्रधानाध्यापक सिरोमणि लामिछाने पनि नेपाली काँग्रेस को १४ औ महाधिबेसनामा भोट हाल्न पुगे। बिधालय ब्यबस्थापन समितिमा आफुलाई कोभिडको संका लागेका कारण होम आइसोलेसनामा रहेको जानकारी गराएर बिरामी बिदामा बसेको बिधालय ब्यबस्थापन समितिका अध्यक्ष राजेन्द्र निधि कोइरालाले बताए।


पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्यले यसमा शिक्षकले आफ्नो नैतिकता प्रदर्सन गर्नुपर्ने धारणा राखे।
कालिका मा बिकि शिक्षिका बिजयालक्ष्मी कोइरालाले अब यस्तो कुरा नदोहोर्याउने बताएकी छन् भने नबिन माध्यमिक बिधालयका प्रधानाध्यापक सिरोमणि लामिछानेले यो नैतिक हिसाबले गलातानै भएको कुरा स्विकार गरेका छन्
प्रतिक्रिया लेख्नुहोस्:-