तिलोत्तमा — रुपन्देही फुटबल संघको आयोजनामा शुक्रबारदेखि जिल्ला लिग सञ्चालन भएको छ । प्रतियोगितामा १५ वटा क्लबले सहभागिता लिएको यो लिग २३ दिनसम्म सञ्चालन हुनेछ। बुटवलको देविनगरस्थित एन्फा ऐकेडेमीमा हुने प्रतियोगिता अन्तर्गत दिउँसो २ बजे हुने उद्घाटन खेलमा झरना स्पोर्टस् क्लब र सुनौलो संगम युवा क्लबबीच प्रतिस्पर्धा हुने खेल संयोजक मुकेश कुँवरले बताए । कुँवरले लिग आधारमा हुने प्रतियोगिता अन्तर्गत प्रत्येक टिमको ९ वटा गरी कूल ४५ वटा लिग चरणको खेल हुने बताए ।


प्रतिक्रिया लेख्नुहोस्:-