हिसान,कास्कीको साधारण सभा संस्थाका अध्यक्ष यम रोकाको अध्यक्षतामा आज सम्पन्न भएको छ।हिसान कास्कीमा ७० विद्यालयहरू रहेका छन्।साधारण सभामा नयाँ सदस्य विद्यालय स्नोभ्यु बोर्डिङ स्कुल,युनिभर्स बोर्डिङ स्कुल,धवलागिरी बोर्डिङ स्कुल र हार्वर्ड एकेडेमी स्कुललाई स्वागतसहित हिसान,कास्कीको सदस्यता प्रदान गरिएको छ। “स्वास्थ्य, भातृत्व र प्रतिभाका लागि खेलकुद”, भन्ने नाराका साथ गर्न लागिएको यस कार्यक्रममा ७० विद्यालय तथा कलेजहरूको सहभागिता रहने छ।उक्त कार्यक्रममा लगभग ६५०० प्रत्यक्ष / परोक्ष रूपमा सहभागी रहने छन्। हिसान, कास्कीले कक्षा ११ ,१२ र युनिभर्सिटी तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी १४ अौँ हिसान स्पोर्टस् मिट यही पौष ८-१२ गते पोखरा रङ्गशालामा आयोजना गर्दै छ।उक्त कार्यक्रम सञ्चालनका लागि निवर्तमान अध्यक्ष एवम् प्रदेश वरिष्ठ उपाध्यक्ष डा. रामजी शर्माको संयोजकत्वमा एक मूल समारोह समिति गठनसमेत गरेको छ।साथै जिम्मेवारी वितरणका लागि विभिन्न उपसमितिसमेत निर्माण गरेको छ।उक्त खेलकुद कार्यक्रममा भलिबल,टेबिल टेनिस,ब्याडमिन्टन र बास्केट बलका खेलहरू रहने छन्।हिसान कास्कीको ब्रान्डका रूपमा रहेको स्पोर्टस् मिटले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन गर्दै आइरहेको छ र यस स्पोर्टस् मिट पनि खेलाडीहरूको खेल जीवनका लागि सारथी बन्न सकोस् भनेर यस्ता कार्यक्रम आयोजना गरिएको १४ अौँ हिसान मिटका संयोजक डा.रामजी शर्माले जानकारी दिनुभयो।साधारण सभामा स्वागत मन्तव्य उपाध्यक्ष दिवाकर जैसीले राख्नुभएको थियो।कार्यक्रमको सञ्चालन सचिव ढाकाराम कँडेलले गर्नुभएको थियो।


प्रतिक्रिया लेख्नुहोस्:-