आजदेखि आइतबार पनि सरकारी बिदा
पोखरा, ०१ जेठ । आजदेखि आइतबार पनि सरकारी बिदा हुने भएको छ। गत वैशाख १३ गते बसेको मन्त्रिपरिषदको बैठकले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो। बैठकले जेठ १ गतेदेखि लागु हुनेगरी हप्ताको दुई दिन बिदा दिने निर्णय गरेको थियो। सरकारले परीक्षणका रूपमा अहिलेलाई दुई दिन बिदा दिन लागेको हो।